मल ल्याउन अलमल गर्ने कम्पनी संगकाे ठेक्का रद्द ,धरौटी जफत

काठमाडौं, २१ भदौ ।                                      तोकिएको समयमा रासायनिक मल आपूर्ति नगर्ने कम्पनी बिरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ ।

कृषिमन्त्री घनश्याम भुसालको निर्देशनपछि कृषि सामग्री कम्पनी लिमिटेडले मल नल्याउने दुई कम्पनी शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल बिरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो ।

कम्पनीको आइतबार बसेको बैठकले दुवै कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्दै राखेको धरौटी रकम जफत गर्ने निर्णय गरेको हो ।

शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँग भएको ठेक्का सम्झौता रद्द गर्दै धरौटी जफत गर्ने निर्णय गरिएको कृषिमन्त्री घनश्याम भुसालले जानकारी दिए ।

शैलुङले चार लाख ४०२ अमेरिकी डलर र होनिको मल्टिपलले तीन लाख ७७ हजार ३७५ डलर रकम धरौटी राखेका थिए। त्यसबेलाको प्रचलित डलरको दरअनुसार शैलुङको चार करोड ८८ लाख ४९ हजार ४४ र होनिकोको चार कोरड ५६ लाख ६२ हजार ३७५ नेपाली रुपैयाँ हुन जान्छ ।

शैलुङसँग वैशाख १२ गते र होनिकोसँग १५ गते मलको ठेक्का सम्झौता भएको थियो। दुवै कम्पनीले भदौ २० गतेसम्म ५० हजार मेट्रिक टन युरिया मल ल्याइसक्ने बताएका थिए।

शेयर गरौ

ताजा अपडेट