मानव वेचविखन तथा ओसारपसारको वर्तमान अवस्थाबारे भर्चुअल छलफल

चितवन ,भदौ २०। मानव वेचविखन तथा ओसारपसारको वर्तमान अवस्था र कोभिड १९ ले पारेको प्रभाव विषयक विचार गोष्ठी सम्पन्न भएको छ । आदर्श नारी विकास केन्द्र, आदर्श गृह नेपालको संयुक्त आयोजनामा शनिबार १४ औं राष्ट्रिय मानव वेचविखन तथा ओसार पसार विरुद्धको दिवस २०७७ को अवसरमा प्रबिधिको प्रयोग गर्दै सरोकारवाला हरुको उपस्थितिमा सो कार्यक्रम गरिएको हो । “मानव वेचविखन तथा ओसार पसारको अन्त्य सु–संस्कृत सभ्य समाज र सामाजिक रुपान्तरण अवको गन्तव्य“ भन्ने यस वर्षको मुल नारा लाई सार्थक बनाउन संघीय संसद, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा रत्ननगर नगरपालिकाकी प्रमुख बिमला दवाडी, सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद पौडेल, जिल्ला न्यायाधिवक्त यदुनाथ शर्मा, भरतपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष एवं विधायन समितिका संयोजक हरिप्रसाद आचार्य, भरतपुर महानगर पालिकाकी महाशाखा प्रमुख शान्ता कुमारी पौडेल, भरतपुर महानगर कार्यपालिका सदस्य एवं यस् संस्थाका सदस्य पबित्र के. सी., जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक प्रविना गिरी, अधिवक्ता फुलमाया रानाभाट, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सृजना अर्याल, इन्सेक चितवन संयोजक दिपेन्द्र अधिकारी, मानव अधिकारकर्मी एवं सामुदायिक सेवा केन्द्र नारायणगढ प्रथम उपाध्यक्ष महेश कुमार पौडेल, सहकारीकर्मी तारा गुरुङ, नेपाल जेसीसका पूर्व राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारी, आफन्त नेपाल चितवनका संयोजक केमीका घिमिरे, मन्जुश्री असाहाय संरक्षण केन्द्रका अध्यक्ष मन्जु खाडलगायतको सहभगिता रहेको थियो ।
उक्त कार्यक्रम मार्फत प्राप्त सुझाव एवं सल्लाहलाई आगामी दिन सरकारी तथा सामाजिक संघ संस्थाको साझा प्रयास निर्माण गरि संगठित अपराध विरुद्ध एक साथ जुट्ने अठोट गरेको आदर्श नारी विकास केन्द्र एवं आदर्श गृहकी सस्थापक मिना खरेलले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट