काठमाडौं, २० भदौं । नेपालमा पछिल्लो २४ घण्टामा नौं जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितमध्ये २८० पुगेको छ ।
प्रदेश–१ मा मोरङकी एक महिला, प्रदेश–२ मा महोत्तरीका ७८, बाराका ७५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यस्तै बागमती प्रदेशमा मकवानपुरका ५२ वर्षीया महिला, काठमाडौंका ४१, ५९ र ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । प्रदेश–५ मा नवलपरासीका ३६ वर्षीया महिला र रुपन्देहीका ४० वर्षीय पुरुषको मृत्यु भएको छ ।
देशभर पछिल्लो २४ घण्टामा ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।