काठमाडौं, १९ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १,३५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २३६ जना पुगेको छ ।शुक्रबार काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ संक्रमित थपिएका छन् । देशभर ७४६२ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १३५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २५ हजार ५६१ उपचारपछि निको भएका छन् ।