कोरोना संक्रमणबाट २४ घण्टामा थप १४ जनाको ज्यान गयो

काठमाडौं, १९ भदौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा ४ महिला र १० पुरुष छन् । मृत्यु हुनेमा काठमाडौंका ८२, ६७ र २२ वर्षीया महिला र चितवनका ३५ वर्षीया एक महिला छन् ।

यस्तै सप्तरीका ५५–५५ वर्षीय दुई पुरुष, धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।

काठमाडौं उपत्यकामा ४५४ जनासहित देशभर १३५८ संक्रमित थपिए

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४५४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ४५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । बिहीबार मात्रै ४४५ जनामा संक्रमण देखिएको थियो ।

काठमाडौंका ३८६ जना, भक्तपुरका ३६ जना र ललितपुरका ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा १३ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको संख्या ४४ हजार २३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । बिहीबार मात्रै १२ सय २८ जनामा संक्रमण देखिएको थियो। शुक्रबार नयाँ संक्रमितमा ४६४ महिला र ८९५ पुरुष छन् ।

१८ हजार ४०४ कोरोनाका सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार १० हजार ९४२ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ४६२ छन् । क्वारेन्टाइनमा ६५ हजार ६१ जना छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ५६१ पीसीआर परीक्षण भएका छन् ।

पछिल्लो २४ घण्टामा १३ सय ५४ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २५ सय ५६१ पुगेको ।

शेयर गरौ

ताजा अपडेट