सुदेश खनाल
चितवन समाचार डटकम, १९ भाद्र । चितवन जिल्लामा काेराेना संक्रमित भएका १४५ जना संक्रमण मुक्त भएका छन् । हाल सम्म संक्रमित ८५६ जना मध्ये ७०० जनामा संक्रमण सक्रिय रहेको जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक गरेकाे बिबरणमा उल्लेख छ । जिल्लाका ११ जना काेराेना संक्रमितले ज्यान गुमाएका छन् ।धेरै सङ्क्रमण भरतपुर महानगर पालिकामा देखिएको छ । भरतपुरमा ५४०, रत्ननगरमा ११८, राप्तीमा ९७, कालिकामा १२, खैरहनिमा ४५, माडिमा ४३ र ईच्छाकामनामा १ जनामा काेराेना संक्रमण देखिएको जिल्ला प्रशासनले जनाएको छ । ज्यान गुमाउनेहरुमा भरतपुर महानगरपालिकाका ७ जना, खैरहनिका २ जना, राप्ती र रत्ननगरका /१ जना रहेका छन् ।


