चितवन समाचार डटकम, १९ भदौ । चितवनमा थप ७४ जनालाई काेराेना संक्रमण देखिएको छ । भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा रहेकाे ल्यावमा गरिएको परिक्षणमा याे नतिजा अाएकाे हाे ।
जस्मा भरतपुर महानगरपालिकाका ५६ जना, रत्ननगरका ३, कालिकाका २, खैरहनिका ४, र राप्तीका ९ जना रहेका छन् ।
भरतपुर अस्पतालकाे ल्यावमा परिक्षण गरिएको ३०२ नमुना मध्य चितवनका १७ र राैतहटका एकजनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि चितवन मेडिकल कलेजकाे ल्यावमा गरिएको ७०३ जनाकाे परिक्षणममा ८८ जनामा काेराेना पाेजेटिभ देखिएको छ । यी स्वाव भरतपुर अस्पतालले सिएमसि पठाएको थियाे । सिएमसी ल्यावमा काेराेना पाेजेटिभ देखिएका मध्ये ५७ जना चितवनका र ३१ जना अन्य जिल्लाका छन् ।