चितवन, १८ भदौ । चितवनमा आज साँझ थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचार गराइ राखेका पूर्वी चितवन राप्ती नगरपालिका–९ की ६५ वर्षीया महिलाको आज साँझ ५ः१० मा मृत्यु भएको अस्पतालले जनाएको छ ।
ती महिला तीन महिनादेखि मिर्गौलाले काम गर्न छाडेपछि डायलाइसिस गर्दै आएकी थिइन् । खोकी र श्वासप्रश्वासमा समस्या भएपछि ती महिला भदौ १४ गते उपचारका लागि भरतपुर अस्पताल पुगेकी थिइन् । कोरोना परीक्षण गर्दा हिजो उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।