अयोध्याधामको सन्दर्भ : माडी विकासको अवसर

*******नारायण सापकोटा ****
विषय प्रवेश
प्रधानमन्त्री के.पी. शर्मा ओलीले भानुजयन्तीको अवसरमा मर्यादापुरुष भगवान रामको जन्मभूमि चितवन माडीको अयोध्यापुरी आसपासमा भएको अभिव्यक्ति सार्वजनिक गरेपछि विभिन्न सवालहरु उठेका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिले माडीको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले अवसरको रुपमा लिएर अगाडि बढ्नुपर्छ भन्ने कतिपयको तर्क छ भने केहीले विना प्रसङमा आएको अभिव्यक्ति भनेर समाजिक सञ्जालमार्फत विरोध र फरक मत पनि राखेका छन् । प्रधानमन्त्रीकोे रामको जन्मभूमि सम्बन्ेिध अभिव्यक्ति सार्वजनिक भएपछि माडी नगरपालिकाको नेतृत्वमा प्रतिनिधि मण्डल काठमाडौं गएर प्रधानमन्त्रीसँग छलफल गरेको छ भने अयोध्या सम्बन्धि खोज र अनुसन्धान गर्नको लागि समितिनै बनेर अनुसन्धानको काम अगाडि बढिसकेको छ । रामको जन्मभूमिको विषयमा चासो दिएर खोज अनुसन्धानमा आउनेहरुको सङ्ख्या पनि बढ्दो छ भने धेरै ठाउँमा यसैको चर्चा हुने गरेको छ । विभिन्न प्रत्यक्ष एवम् भर्चुअल बहसहरु पनि भएका छन् ।

अयाेध्यापुरीमा भेटिएका प्राचीन कालिन ईट्टा

राम जन्मभूमिको आधार  
विभिन्न ऐतिहासिक र पुरातात्विक विषयहरुका आधारले भगवान रामको जन्मभूमि माडीको साविक अयोध्यापुरी गाविस आसपासमा भएका हुनसक्ने भन्दै अनुसन्धान अगाडि बढेको छ । अयोध्या अध्ययन अनुसन्धान र व्यवस्थापन समिति नै गठन भएर सत्य तथ्य सङ्कलन गर्ने काम भएको छ । माडी नगरपालिकाभित्र वाल्मीकि आश्रम र सीताको जन्मभूमि जनकपुरका बीचमा ऐतिहासिक सम्बन्ध रहेको छ । वाल्मीकि आश्रम र जनकपुरको करिडोरभित्र अयोध्यापुरी भएको कारणले रामको जन्मभूमि अयोध्या माडीमा नै हुनसक्ने आधार मानेर अनुसन्धान अगाडि बढेको छ । अयोध्यापुरीमा विभिन्न ऐतिहासिक र पुरातात्विक महत्वका विषय भेटिनु र विभिन्न पुराना भग्नावशेसहरु पत्ता लागेकोले पनि समितिलाई अनुसन्धान गर्न सजिलो भएको छ ।           माडी विकासको अवसर
प्रधानमन्त्रीको अभिव्यक्तिलाई माडीवासीले सकारात्मक रुपमा लिनुपर्छ । अयोध्याधामले माडीको पर्यटन विकासमा ठुलो टेवा मिल्छ । यसलाई अवसरको रुपमा लिएर अगाडि बढ्दा नै माडीको वृहत्तर हित हुने देखिन्छ । अयोध्याधामसँगै माडीका भूमिहिन सुकुम्वासीको समस्या, रिउ करिडोर र चितवन राष्ट्रिय निकुञ्जको विषयलाई प्याकेजमै रुपमा अगाडि बढाउनुपर्छ । अयोध्या धाम बनिरहँदा त्यहाँ पुग्ने व्यवस्थित बाटो, रोजगार, पर्यटन व्यवसाय लगायतका क्षेत्रहरु स्वतः अगाडि बढिरहने विषय हुन । त्यसैले राष्ट्र प्रमुखको पहललाई साथ दिएर अगाडि बढेमा समग्र माडी विकासमा सहयोग पुग्छ । प्रधानमन्त्रीको अभिव्यक्ति र पहलले समग्र माडी विकासको कोशेढुङ्गा बन्ने अवसर आएको छ ।
                                                                  

  धर्म र सिद्धान्तका विषय
कम्युनिष्ट पार्टीको सरकारले धर्मको कुरा गर्नु हुँदैन । त्यसमा पनि पार्टीको अध्यक्षकै पहलमा राम मन्दिर बनाउने विषय कम्युनिष्ट पार्टीको आचारण र सिद्धान्तले दिँदैन भन्दै केहीले विरोध पनि गरेका छन् । कम्युनिष्ट पार्टीको सरकारले धर्म र आस्थाको विषयलाई सम्मान गर्न सकेन भने अवस्था के होला ? भन्नेतर्फ ध्यान नै नदिई आएका अभिव्यक्ति तर्कसङ्गत देखिदैनन् । धर्म आस्थाको विरोध गर्दै आराध्यदेब पशुपतिनाथ, शान्तिका अग्रदुत गौतम बुद्ध लगायत धार्मिक क्षेत्रहरुको संरक्षण नगर्ने हो भने के अवस्था के होला ? त्यसैले संविधानले नै प्रदत्त गरेको अधिकारको विषयलाई बर्खिलाप गरेर आस्था र धर्मकै विरोध गरेर जाने हो भने सरकारलाई नै समस्या हुन्छ । राजनीतिक दलको पनि जनमत गुम्दै जान सक्छ । समय र परिस्थिति अनुसार कम्युनिष्ट पार्टीका सिद्धान्तहरु पनि परिवर्तन हुँदै आएका छन् । त्यसैले आफ्ना विचार प्रस्तुत गर्दै गर्दा अरुको विचारलाई पनि सम्मान गर्नुपर्छ । माडीमा बन्ने चर्चा भएको रामधामको विषयलाई राजनीतिक दाउपेचको विषय बनाउनु हुँदैन् । यो विषय धर्म र आस्थाको विषय मात्र होइन विकासको विषय हो । त्यसैले विकासको विषयमा माडीवासीको एउटै मत हुनुपर्छ । सहकार्य गर्दै अगाडि जानुपर्छ ।

सुकुम्वासी चेपाङ्को विषय
माडीमा सुकुम्वासी चेपाङ्हरुको अवस्था दयनीय छ । उनीहरुको तत्काल उद्धार हुनुपर्छ । यसमा कसैको विरोध छैन् । माडीका चेपाङ् समुदाय लगायत सबै भूमिहीनहरुको व्यवस्थापनको लागि माडी क्षेत्रका संघीय सभासद नेकपाका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश सभासद रामलाल महतो अहोरात्र खटिइरहनुभएको छ । माडीका समस्याका बारेमा दैनिक सूचना लिएर योजनाबद्ध रुपले अगाडि बढिरहनुभएको छ । माडी नगरपालिकाले पनि केन्द्रीय र प्रदेश सरकारसँग समन्वय गर्दै अगाडि बढिरहेको छ । राष्ट्रिय स्तरमा आयोग बनेको छ । माडीको सुकुम्वासी चेपाङ समुदाय मात्र होइन २०१८ सालदेखि बसोबास गदै आएका सुकुम्बासीको समस्या पनि छ । सबै समस्या समाधान गर्नको लागि चरणबद्ध काम भइरहेको सबैले देखेकै छन् । मुद्दा परेको विषयले चेपाङको घर निर्माण कार्य तत्कालको लागि रोकिएको भएपनि अगाडि बढ्छ । स्थानीय सरकार लागिरहेकै छ । भूमिसम्बन्धी समस्या समाधान आयोगको ध्यान तानिएको छ । आयोगले माडीका सुकुम्बासी चेपाङको विषयलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ । यसमा सबैको साथ र सहयोग आवश्यकता रहेको छ ।

 

सुरुका दिनमा आएका फरक मत र वर्तमानमा आएका फरक मतहरुमा अन्तर देखिएको छ । फरक मतहरु हाल सकारात्मक विषयमा प्रवेश गरेका छन् । छलफल र सरामर्शबाट काम अगाडि बढ्दै जाँदा विचारहरु मिल्ले गरेका छन् । रामधामको विषयमा पनि सुरुमा विरोध भएपनि सहमतिबाटै अनुसन्धान समिति गठन भयो । भोलि निर्माण समिति पनि बन्छ । निरन्तर विकासको लागि रामधाम क्षेत्रविकास समिति बन्दासम्म अहिले आएका फरक विचारहरु समितिमा पुग्छन् । त्यसैले आएका फरक विचारहरुलाई सम्पत्तिको रुपमा लिएर परामर्श गर्दै अगाडि जानुपर्छ ।

चेपाङ बस्तीपछि मात्र रामधाम
चेपाङ बस्ती बनाउनुपर्ने बेलामा रामधामको विषय किन आयो भन्नेहरु अहिले चेपाङबस्ती बनाएरपछि मात्र बनाउनुपर्छ भन्न थालेका छन् । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । चेपाङ बस्ती बसाल्दा वन फडानी भयो भनेर मुद्दा दायर गर्नेहरु बाहेक चेपाङबस्तीको विरोध कसैले गरेकै छैनन् । त्यसैले चेपाङबस्ती र रामधाम तुलना गर्ने विषय नै होइनन् । राज्यका धेरै निकाय र विभागहरु छन् । सबैका आफ्ना क्षेत्राधिकार छन् । आफ्नो क्षेत्रको काम अगाडि बढाउँदै जान्छन् । अर्को कुरा चेपाङ बस्तीको काम त अगाडि बढिसकेकै विषय हो । त्यसैले चेपाङ्बस्ती सम्पन्न नभई रामधामको विषय किन आयो भनेर आएको विरोध तार्किक मान्न सकिंदैन । विकासवादी सिद्धान्तअनुसार यस्ता विरोध आफैं किनारा लाग्छन् । राज्यले हरेक क्षेत्रको विकास सँगसँगै बढाउँछ । त्यसैले सबैको सहमतिबाटै काम अगाडि बढाउँनुपर्छ । माडीको बाटो, पुल, स्कुल, अस्पताल, मन्दिर, बाँध, सङ्ग्रहलय आदि सबै काम रोकेर चेपाङ बस्ती बनाउनुपर्छ भन्ने विचार पनि विकासवादी नहोला । त्यसैले विकासका सबै ढोकाहरु खुल्ला राखेर अगाडि बढ्नुपर्छ । चेपाङ् बस्ती अगाडि बढेकै विषय हो । मुद्दाको किनार लगाउन सबैले पहल गर्नुपर्छ । यो रामधामसँग तुलना गरेर विवाद बढाउने विषय होइन् ।

असहमति नै समाधानको बाटो
कुनै पनि नयाँ विषय प्रवेश हुँदा सबैको एउटै मत हुन्छ भन्ने हुँदैन । विषयको पक्ष र विषक्षमा फरक फरक विचारहरु आउँछन्, आउनु पनि पर्छ । त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । विकासको सिद्धान्तअनुसार परिवेश, परिस्थिति र आवश्यकताको महशुस गरी विचारहरु एक ठाउँमा आउने गर्छन् । यहाँ पनि विकासकै गति र सिद्धान्त अनुसार नै काम अगाडि जान्छ । सुरुका दिनमा आएका फरक मत र वर्तमानमा आएका फरक मतहरुमा अन्तर देखिएको छ । फरक मतहरु हाल सकारात्मक विषयमा प्रवेश गरेका छन् । छलफल र सरामर्शबाट काम अगाडि बढ्दै जाँदा विचारहरु मिल्ले गरेका छन् । रामधामको विषयमा पनि सुरुमा विरोध भएपनि सहमतिबाटै अनुसन्धान समिति गठन भयो । भोलि निर्माण समिति पनि बन्छ । निरन्तर विकासको लागि रामधाम क्षेत्रविकास समिति बन्दासम्म अहिले आएका फरक विचारहरु समितिमा पुग्छन् । त्यसैले अहिले आएका फरक विचारहरुलाई सम्मान गर्दै सम्पत्तिको रुपमा लिएर परामर्श गर्दै अगाडि बढ्नुपर्छ । माडी नगर पालिका र अयोध्या अनुसन्धान तथा व्यवस्थापन समितिले त्यसतर्फ ध्यान पु¥याउनुपर्छ ।

माडी मणि बन्ने आधार
संसदीय निर्वाचनको समयमा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली र नेकपाका आदरणीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीको चुनावी सभामा संयुक्त रुपमा माडीलाई मणि बनाउने उद्घोष गर्नुभएको विषय माडीमा मात्र नभएर देशभरिनै चर्चाको विषय बनेको छ ।
मणि बनाउने उद्घोष माडी मणि बन्ने आधार
संसदीय निर्वाचनको समयमा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली र नेकपाका आदरणीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीको चुनावी सभामा संयुक्त रुपमा माडीलाई मणि बनाउने उद्घोष गर्नुभएको विषय माडीमा मात्र नभएर देशभरिनै चर्चाको विषय बनेको छ । मणि बनाउने उद्घोष गरेपनि निकुञ्जका समस्या, रिउ करिडोरका विषयमा ठोस कार्य हुन नसक्दा माडीवासीमा चिन्ता थपिएकै छ । रामधामको विषय उठ्दा निकुञ्जको विषय, रिउ करिडोरको विषय लगायत रोजगारको विषयमा कुरा उठ्छ, उठाउनुपर्छ । उल्लेखित विषय ठोस रुपमा अगाडि बढेमा माडीलाई मणि बनाउने विषय प्रारम्भ हुन्छ । त्यसैले विरोध होइन,गहन गर्दै योजनाबद्ध रुपमा अगाडि बढ्नुपर्छ ।

                  संविधानले नै प्रदत्त गरेको अधिकारको विषयलाई बर्खिलाप गरेर आस्था र धर्मकै विरोध गरेर जाने हो भने सरकारलाई नै समस्या हुन्छ । राजनीतिक दलको पनि जनमत गुम्दै जान सक्छ । समय र परिस्थिति अनुसार कम्युनिष्ट पार्टीका सिद्धान्तहरु पनि परिवर्तन हुँदै आएका छन् । त्यसैले आफ्ना विचार प्रस्तुत गर्दै गर्दा अरुको विचारलाई पनि सम्मान गर्नुपर्छ । माडीमा बन्ने चर्चा भएको रामधामको विषयलाई राजनीतिक दाउपेचको विषय बनाउनु हुँदैन् । यो विषय धर्म र आस्थाको विषय मात्र होइन विकासको विषय हो । त्यसैले विकासको विषयमा माडीवासीको एउटै मत हुनुपर्छ     ।     

रामधाम अयोध्यापुरीको यही वडामा हुनुपर्छ भनेर अड्डी लिने विषय होइन । एक ठाउँबाट अर्को ठाउँको विरोध गर्नु पनि हुँदैन । प्रस्तावित स्थानहरुको विषयमा अनावश्यक टिका टिप्पणि गर्नु हुँदैन । सबै स्थानका आ–आफ्नै विशेषता छन् । सहमतिबाट विभिन्न ठाउँहरुको प्रस्ताव गरेपनि प्राविधिक टोलीले सिफारिस गरेको स्थानलाई सबैले स्वीकार गर्नुपर्छ । मेरो वडामा परेन वा मेरै नजिक परेन भनेर विरोध गर्नु मुर्खता हो । यस्ता विषय उठेर वडाबीच द्वन्द्व उत्पन्न हुने वातावरण सिर्जना गर्नु हुँदैन । माडी नगरपालिका र अनुसन्धान समितिले बेलैमा ध्यान पु¥याउनुपर्छ ।
अवको बाटो
चितवनको माडी ऐतिहासिक, पुरातात्तिवक, धार्मिक र राजनीतिक दृष्ट्रिकोणले महत्वपूर्ण स्थान हो । सुन्दर हरियाली वातावरण अनि उर्भराभूमि माडीको लागि वरदान हुन् । माडी विकासको मेरुदण्ड भनेकै कृषि, पर्यटन र साना घरेलु उद्योगहरु नै हुन् । हाल चर्चामा आएको रामधामको विषयले पर्यटन मात्र होइन् समग्र क्षेत्रमा विकासको ढोका खोल्ने छ । त्यसैले रामधामसँगै चपाङबस्ती, रिउ करिडोर, निकुञ्जको विषयमा पहल गर्नुपर्छ , माडीको धार्मिक पर्यटनको लागि वाल्मीकि आश्रम, परशुराम कुण्ड, गोद्धक धाम, पाण्डव नगर, सोमेश्वर कालिका, वैराठ धुनी, ब्रहमाथान, बुलबुले ताल, शनि मन्दिर, रेवा त्रिवेणी, वैकुण्ठे धाम, सीताराम गुफा, सरयु नदी लगायतका क्षेत्रहरुको विकास योजनाहरु अगाडि बढाउनु पर्छ ।

नगर पालिका र समितिको भूमिका
माडी नगरपालिका र अध्ययन समितिले रामधाम निर्माणको विषयमा आएका विचारहरुलाई सकारात्मक रुपमा लिएर छलफल र परामर्शबाट नै काम अगाडि बढाउनुपर्छ । यहाँ नै हुनुपर्छ वा यो मा नभए त्यो काम गर्दिन भन्ने घमण्डी विचार पनि त्यागेर जनभावनाको कदर गर्दै आवश्यकता अनुसार अगाडि बढ्नुपर्छ । यो विषयलाई राजनीतिक दाउपेचको विषय बन्न दिनु हुँदैन् । आस्था र विकासको विषयबाट नै छलफल गर्नुपर्छ । विषय जसरी आएपनि माडीको हितको लागि आएको विषय हो । यसलाई अवसरको रुपमा लिएर नै अगाडि बढ्नुपर्छ ।

निष्कर्ष
माडी विकासको विषयमा सम्माननीय प्रधानमन्त्रीबाट आएको धारणा र माडी विकासको पहललाई सकारात्मक र अवसरको रुपमा अगाडि बढाउनुपर्छ । यो विषयलाई राजनीतिक दाउपेचको विषय भन्दापनि समग्र माडी विकासको साझा अवधारणाको रुपमा लिएर अगाडि बढ्नुपर्छ । प्रक्रियागत रुपमा केही नमिलेका विषय भएपनि छलफलबाटै किनारा लगाउनुपर्छ । अवसरको सदुपयोग गरेर अगाडि बढ्नुनै समग्र माडी र माडीवासीको हित हुनेछ ।
सकारात्मक प्रतिक्रियाको लागि nsap513@gmail.com

शेयर गरौ

ताजा अपडेट