चितवन , १८ भदौ । काेराेना संक्रमणका कारण हालसम्म चितवनमा १८ जनाकाे मृत्युु भएको छ । जसमध्ये चितवनका १० जना, मकवानपुरका ४ जना, बारा, गोर्खा, कैलाली र नवलपसारी सुस्ता पूर्वका १-१ जना रहेका छन् । पछिल्लो पटक चितवन मेडिकल कलेजमा उपचारत थप एक महिलाको गएराति कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला रहेकी छन् ।
भदौ ५ गते स्वासप्रस्वासमा समस्या भए पछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो । भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनीको बुधबार राति १२ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।