आज मात्रै कोरोना संक्रमीत ११२०  जना : जम्मा ४१ हजार ६४९

काठमाडौँ, १७ भदौ  । नेपालमा एकहजार १२० जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३२० महिला सहित ११२०  जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ४१ हजार ६४९ पुगेको जनाइएको छ ।

सकृय सङ्क्रमितहरू १८ हजार १०८ रहेका छन् । संस्थागत आइसाेलेसनमा दश हजार ४९३ रहेका छन् ।

पछिल्लो २४ घण्टामा एकहजार ११२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५६ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २३ हजार २९० पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू ६ हजार ७६६ रहेका छन् ।

शेयर गरौ

ताजा अपडेट