चितवनका थप ४१ जनामा काेराेना संक्रमण

चितवन समाचार डटकम,१७ भदौ । चितवनका थप ४१ जनामा काेराेना संक्रमण देखिएको छ । भरतपुर अस्पतालले गएराती सार्वजनिक गरेकाे बिबरण अनुसार भरतपुर महानगरपालिकाका ३९ , रत्ननगर र राप्ती का एक/एक जना गरि थप ४१ जना नयाँ संक्रमित भेटिएका हुन् । भरतपुर ल्यावमा परिक्षण गरिएका २८५ नमुना मध्य ३५ जनाकाे काेराेना पाेजेटिभ देखिएको छ । जस्मा भरतपुरका २८,नवलपरासीका ३ र अन्य जिल्लाका ४ जना छन् । त्यसैगरी भरतपुर काेभिड ल्यावले धुलिखेल प्रयाेगशालामा पठाएको स्वाव मध्ये भरतपुरका १३ जनामा काेराेना पाेजेटिभ देखिएको भरतपुर अस्पतालले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट