चितवन १६ भदौ । काठमाण्डौबाट विरामी लिएर सर्लाही जादै गरेको एम्बुलेन्स आज विहान त्रिशुली नदीमा खस्दा ५ जना घाइते भएका छन् ।
विरामी लिएर आउदै गरेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भई सडकबाट. ५० मिटर तल त्रिशुली नदीे किनारमा खस्दा ५ जना घाइते भएका हुन् । पृथ्वी राजमार्ग अन्तरगत इच्छाकामना गाउपालिका ३ पानीधाराबाट विहान ५ः१५ बजे त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङले जानकारी दिनु भयो ।
दुर्घटना भएपछि फिस्लिङबाट गएको प्रहरीले टोलीले घाईते सबैलाई उद्धार गरी भरतपुर पठाएको छ । उनीहरुको भरतपुरका अस्पतालमा उपचार भइराखेको छ ।
घाइतेहुनेहरुमा झापा गौरीगन्ज गाउपालिका १ बस्ने २८ वर्षिय एम्बुलेन्स चालक सरोज दाहाल, सर्लाही बरहथवा नगरपालिका २ बस्ने वर्ष ५० की क्यान्सर बिरामी दिलमांया राना मगर, सोही नगरपालिका १५ वर्षिय बाधे राना मगर, २६ वर्षिय मेक कुमारी राना मगर, ३४ वर्षिय नर बहादुर मगर रहेका छन् । घाइते मध्य बाधे रानामगरको अवस्था गम्भिर गम्भिर रहेको प्रहरीले जनाएको छ ।