भरतपुर अस्पतालमा कोरोना संक्रमणबाट एक वृद्धाको मृत्यु

 

चितवन, १५ भदौं । चितवनमा छुट्टा छुट्टै घटनामा तीनजनाको मृत्यु भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट भरतपुर अस्पतालमा थप एक जनाको ज्यान गएको छ । अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका वडा नं. –६, केशरबागका ७८ वर्षीय पुरुषको सोमबार विहान ७ः२० बजेको समयमा मृत्यु भएको छ ।
ती पुरुषलाई भदौं २ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने ६ गते अस्पतालमा भनाए भएको भरतपुर अस्पतालका डाक्टर प्रमोद पौडेलले जानकारी दिनु भयो । उहाको कोभिड सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । निमोनियाको समस्या देखिएका पुरुषको उपचारको क्रममा विहान मृत्यु भएको डाक्टर पौडेलले जानकारी दिनु भयो । यो संगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

करेन्ट लागेर दुइ युवाको मृत्यु
भरतपुर महानगरपालिका वडा नं. ८ मा दुइ युवाको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी सर्य थापाका अनुसार भरतपुर महानगरपालिका वडा नं. ८ का ३५ वर्षिय नवराज दराइ र सोही स्थानका ३५ वर्षिय निरबहादुर रानाको मृत्यु भएको हो । माछा पोखरीमा करेन्ट लगाएर राखेको अवस्थामा राति माछा मार्न गएका व्यक्तिलाइ करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । थप अनुसन्धान भइराखेको प्रहरीले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट