जात व्यवस्था उन्मुलन मोर्चा नेपाल बागमती उपत्यका सम्पर्क समितिको संयोजकमा महावीर विश्वकर्मा चयन

भदौ १४, चितवन । जात व्यवस्था उन्मुलन मोर्चा नेपाल बागमती उपत्यका सम्पर्क समितिको संयोजकमा महावीर विश्वकर्मा चयन भएका छन् । विश्वकर्मा लोकप्रिय रेडियो कार्यक्रम बहकिने मनका प्रस्तोता हुन्।

भर्चुअल माध्यम जुममार्फत आयोजित भेलाले वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको केन्द्रीय सदस्य विश्वकर्माको संयोजकत्वमा समिति गठन गरेको हो ।

भेलाले ५ जना पछि थपिने गरि २५ सदस्यीय समिति गठन गरिएको समितिका संयोजक विश्वकर्माले बताउनुभयो ।

नेपाली समाजको सबैभन्दा जटिल समस्या नै जात व्यवस्था भएकोले त्यसको अन्त्य नभएसम्म उत्पीडित वर्ग र समुदायको मुक्ति सम्भव नरहेको संयोजक विश्वकर्माले बताउनुभयो।

विभेद मुक्तिका लागि राजनीतिक विचारमा संगठित हुनु मात्रै एउटा विकल्प रहेको उनले बताएका छन् । उनले भने हामी युवाहरु वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको विचारमा आवद्ध भएर अघि बढेका छौँ ।

समितिमा देशका विभिन्न भागबाट काठमाडौंमा आएर क्रियाशील रहेका सो पार्टीको जात व्यवस्था उन्मुलन मोर्चा नेपाल अन्तर्गतका सदस्यहरु रहने छन् ।

शनिबार सम्पन्न भर्चुअल भेलाले प्रदेश सम्पर्क समिति बनाउनको लागि चन्द्र मोतेलाई १ नम्बर प्रदेशको, राजकुमार मालेलाई २ नम्बर प्रदेशको, रेखा विश्वकर्मालाई बागमती प्रदेशको भेला संयोजनको जिम्मा दिएको छ । यसैगरि रुपा सुनारलाई गण्डकी प्रदेशको, कृति आर्यन विश्वकर्मालाई ५ नम्बर प्रदेशको, टीका सोनीलाई कर्णाली प्रदेशको र ज्ञानेन्द्र विश्वकर्मालाई सुदुरपश्चिम प्रदेशको जिम्मेवारी दिएको छ ।

आज शनिबार सम्पन्न भेलामा जात व्यवस्था उन्मुलन मोर्चा, नेपालका संयोजक राजकुमार हिङमाङले नेपाली समाजमा जात व्यवस्थाको पकड बारे विचार राख्नुका साथै मोर्चाको अवधारणा र संगठनात्मक नीति बारे बोल्नुभएको थियो ।

मोर्चाका २ नम्बर प्रदेशका संयोजक दीपनारायण दास, गण्डकी प्रदेशका संयोजक यम रसाइली, ५ नम्बर प्रदेशका संयोजक विवेक विश्वकर्मा, कर्णाली प्रदेशकी संयोजक सीता नेपाली र सुदुरपश्चिम प्रदेशका संयोजक ज्ञानेन्द्र विश्वकर्माले भेलालाई सम्बोधन गर्दै नेपालको दलित आन्दोलनको चुनौती र संगठित राजनैतिक आन्दोलनको महत्वबारे बोलेका थिए ।

समितिमा प्रदेश १ बाट चन्द्र मोते (खोटाङ्ग), कमला विश्वकर्मा (उदयपुर), ध्रुव परियार (खोटाङ्ग) र उषा रसाइली (उदयपुर) रहनुभएको छ । प्रदेश २ बाट राजकुमार माले (सर्लाही) र सफल दर्नाल (सर्लाही) रहनुभएको छ । बागमती प्रदेशबाट रेखा विश्वकर्मा (मकवानपुर) र कल्पना दुलाल (सिन्धुली) रहुनभएको छ ।

यसैगरि गण्डकी प्रदेशबाट रुपा सुनार (तनहुँ), कृष्ण काफ्ले (नवलपुर) र विश्वदीप बसेल (नवलपुर) रहनुभएको छ । प्रदेश ५ बाट कृति आर्यन विश्वकर्मा (रोल्पा) रहनुभएको छ भने कर्णाली प्रदेशबाट टीका सोनी (सुर्खेत), पार्वती तिरुवा (दैलेख), सुनिल नेपाली (रुकुम पश्चिम) र विक्रम सुनार (सुर्खेत) रहनुभएको छ । र, सुदुरपश्चिम प्रदेशबाट ज्ञानेन्द्र विश्वकर्मा (अछाम), पुजा सुनार (कैलाली) र पुरन वि.क. (बझाङ) रहनुभएको छ ।

शेयर गरौ

ताजा अपडेट