मिगौलापीडित बालकलाई नर्वेबाट सहयोग 

कावासोती, ३ फागुन  :

मिगौलापीडित हुप्सेकोट गाउँपालिका बेलहानीका १५ वर्षीय बालकलाई नर्वेस्थित नेपालीले आर्थिक सहयोग प्रदान गरेका छन् । दुबै मिर्गौलाले काम नगरेका कारण बिरामी भएका १५ वर्षीय मनोज पाण्डेलाई उपचारमा सहयोग पु¥याउने उद्देश्यले नर्वेमा रहेका नेपाली युवाले सहयोग सङ्कलन अभियान चलाएर सङ्कलन गरेको रु एक लाख पाँच हजार १२८ पीडितका बुबा पुरुषोत्तम पाण्डेलाई हस्तान्तरण गरिएको छ ।

मध्यविन्दु नगरपालिका चोरमारा निवासी हाल नर्वेमा रहनुभएका हरि पाठकको संयोजनमा नर्वेबाट सङ्कलन भएको रकम पीडितका बुबालाई हस्तान्तरण गरिएको हो ।

कक्षा ९ मा अध्ययनरत पीडित बालकको उपचारमा सहयोगका लागि परिवारले सबैमा आग्रह गरेको छ । आफूहरुसँगै भएको रकम उपचारमा सकिएको र अबको उपचारका लागि आर्थिक अभाव भएको भन्दै परिवारले सहयोगको लागि सबैसँग अनुरोध गरेको छ । (रासस )

ताजा अपडेट