चितवनमा तीन सहित नेपालमा थप १३ जनाकाे काेराेनाबाट मृत्युु

काठमाडौं, १२ भदौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १३ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा कोरोना संक्रमणबाट चार महिला र आठ पुरुष गरी १२ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
यस बाहेक भरतपुर अस्पतालमा आज दिउसाे २:३० बजे एकजना पुरुषले ज्यान गुमाएका छन् । याे सहित संख्या १३ पुगेको हाे ।

योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९६ पुगेको छ । मृत्यु हुनेमा मोरङका ५६ र ६५ वर्षीया दुई जना, भक्तपुरमा ६४ वर्षीया एक जना र मकवानपुरकी ७१ वर्षीया एक जना गरी चार जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरी उदयपुका ५२ वर्षीय एक जना, पर्साका ७२ वर्षीय एक जना, धनुषाका ४५ वर्षीय एकजना, सिरहाका ५५ वर्षीय एकजना, झापाका ८३ वर्षीय एक जना, चितवनका ५१ वर्षीय एकजना, कास्कीका ५२ वर्षीय एक जना र रुपन्देहीको ६० वर्षीय एक जना गरी आठ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हाल कोरोना संक्रमणबाट मृत्यु हुने दर शून्य दशमलव ३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१५ सहितदेशभर ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज (शुक्रबार) को नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २० हजार २४२ उपचारपछि निको भएका छन् ।

शेयर गरौ

ताजा अपडेट