चितवनमा भदौ १९ सम्मलाई निषेधाज्ञा थप : बेैंक तीनघण्टा खुल्ने

चितवन समाचार डटकम, १२ भदौ । चितवनमा सात दिनलाई निषेधाज्ञा थप भएको छ । जिल्ला प्रशासन कार्यालयले आज सुचना जारी गरि भदौ १९ गते सम्मलाई निषेधाज्ञालाई निरन्तरता दिएको जनाएको छ । तर, बैक, बित्तीय संस्था, सहकारी संस्था , मनि ट्रान्सफर लाई बिहान १० बजे देखि दिउसाे १ बजे सम्म खाेल्न अनुमति दिईएकाे छ । अाधा संख्यामा कर्मचारी राखेर टाेकन प्रणालीमा स्वास्थ्य सावधानीका साथ सेवा प्रवाह गर्न भनिएकाे छ । त्यसैगरी अाधा कर्मचारी राखेर सरकारी कार्यालयमा अान्तरिक काम गर्न अनुमती दिईएकाे छ । अन्य प्रावधान यथावत राखिएको छ ।
काेभिड-१९ लाई राेकथाम गर्न प्रशासनले लगाएको निषेधाज्ञाकाे समयसिमा आज राति सकिदै थियाे ।

शेयर गरौ

ताजा अपडेट