चितवन समाचार डटकम, १२ भदौ । चितवनका अस्पतालमा अाज एकैदिनमा तीनजना काेराेना संक्रमितकाे मृत्यु भएको छ । अाज दिउसो २:३० बजे भरतपुर अस्पतालमा उपचाररत अाबुखैरहनि-१३ गाेरखाका ३८ बर्षिय पुरुषकाे उपचारको क्रममा निधन भएको छ । भदौ ६ गते भर्ना भई भदौ १० गते काेराेना पुष्टि भएकोमा उपचारका क्रममा उनकाे अाज दिउसाे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । अाज बिहान चितवन मेडिकल कलेजमा हेटौंडाकि ७१ बर्षिया महिला र पुष्पाञ्जली अस्पतालमा भरतपुर-२ क्षेत्रपुरका ५१ बर्षका काेराेना संक्रमित पुरुषकाे ज्यान गएको थियाे ।