उद्योगपति बिनाेद चाैधरीको ट्विट “मलाई काेराेना संक्रमण भयाे”

काठमाडौं ,१२ भदौ । उद्योगपति विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । चाैधरीले कोरोना संक्रमण पुष्टि भएको विषयमा आफैँले जानकारी दिएका छन । चाैधरीले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन ।

नमुना परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले बताएका छन् । डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

शेयर गरौ

ताजा अपडेट