चितवन मेडिकल कलेजमा काेराेना संक्रमित एकजनाकाे मृत्यु , २० जनाकाे अवस्था गम्भीर

चितवन समाचार डटकम, १२ भदाै । चितवन मेडिकल कलेजमा काेराेना संक्रमित एकजनाकाे अाज मृत्यु भएको छ । हेटाैंडा-१९ मकवानपुर घर भएकि ७१ बर्षिया महिलाको उपचारको क्रममा अाज बिहान ६:५० मा ज्यान गएको अस्पतालले जनाएको छ । गत भदौ ७ गते स्वास्प्रश्वास सम्वन्धि समस्याले मेडिकल कलेज अाउनुभएकि ती महिलाको परिक्षणका क्रममा काेभिड-१९ पुष्टि भएको मेडिकल कलेजद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । यसैबीच चितवन मेडिकल कलेजकाे काेराेना ल्यावमा परिक्षण गरिएका मध्य १०९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । ७२७ जनाकाे स्वाव परिक्षण गरिएको थियाे । हाल चितवन मेडिकल कलेजमा ४२ जना काेराेना संक्रमित बिरामी उपचाररत रहेका छन् । जस्मध्ये २० जनाकाे अवस्था गम्भीर रहेकाे चितवन मेडिकल कलेजले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट