निषेधाज्ञा एक साता थप गर्ने तयारी : बैकिङ क्षेत्र केही घण्टा खुल्न दिने

चितवन १२ भदौ । चितवनमा दुइ हप्तादेखि लागेको निषेधाज्ञा थप एकसाता लम्बिले भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले एक साता निषेधाज्ञा थप गर्ने तयारी गरको छ । दोस्रो चरणको निषेधाज्ञाको आज अन्तिम दिन भएकाले थप गर्ने तयारी गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले भन्नु भयो कोरोना संक्रमणको अवस्था अझै सुधार भएको छैन त्यसैलाई मध्यनजर गरेर थप्ने तयारी भएको छ ।
यो दुइ साता बैंकपनि बन्द हुदा धेरै समस्या भएको भन्ने गुनासाहरु आएकाले त्यसलाई हामीले ध्यान दिएका छौ । सुरक्षाको मापदण्ड अपनाएर केही घण्टा खोल्न दिने तयारी गरेका छौ उहाले भन्नु भयो । तर निषेधाज्ञाको निर्णय भने आज हुदैछ ।
यस पटक निषेधाज्ञा थप गरिए पनि केही क्षेत्रलाई खुकुलो बनाउने तयारी गरिएको छ । चितवन प्रशासनले पहिलो चरणमा साउन ३० गतेदेखि लागू हुने गरि भरतपुर महानगरपालिकामा मात्रै निषेधाज्ञा जारी गरेको थियो भने साउन ३२ रातिदेखि भदौं ५ गतेसम्मका लागि माडी नगरपालिका बाहेक सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरेको थियो । प्रशासनले भदौं ६ गतेदेखि भने १२ गते रातिसम्म लागू हुने गरि जिल्लाभर नै निषेधाज्ञा थप गरेको थियो ।
हिजो मात्र जिल्लाका सांसद, पालिका प्रमुख सुरक्षा निकायका प्रमुखहरु संग भएको वैठकमा पनि अवस्था अझै कोरोनाको भयावहबाट मुक्त नभएकाले सुरक्षाको मापदण्ड अपनाएर केही खुकुलो गर्नको लागि सुझाव दिएको थियो । बैकल्पिक उपाय अपनाउन छलफल भएपनि ठोस उपाय भने आएको थिएन ।

शेयर गरौ

ताजा अपडेट