नेपालमा आज सर्वाधिक संक्रमित : एकैदिन थपिए १ हजार १११

काठमाडाैँ ,११ भदाै । नेपालमा आज अहिसम्मकै धेरै काेराेना संक्रमित भेटिएका छन् । बिहिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनले ३३४ महिला र ७७७ पुरुष गरी थप १ हजार १११ काेराेना संक्रमित थपिएकाे पुष्टि गरे । याेसंगै नेपालमा काेराेना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।

शेयर गरौ

ताजा अपडेट