सबै स्थानीय तहमा आइसोलेसन सेन्टर निर्माण गर्न सुझाव

चितवन समाचार डटकम ११ भदौ । क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको सल्लाहकार समुहको बैठकले जिल्लाका सबै स्थानीय तहमा आइसोलेसन सेन्टर निर्माण गर्नको लागि अनुरोध गरेको छ ।
विहीबार भरतपुरमा बसेको बैठकले कोरोना संक्रमणको अवस्था अझ व्यापक हुदै गएकाले नियन्त्रणमा लिनको लागि छिटो अइसोलेसन निर्माण गर्न अनुरोध गरेको हो । प्रतिनिधि सभा सदस्य तथा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलको सभापतित्वमा बसेको वैठकले सो निर्णय गरेको हो ।
जिल्लाका सरकारी निजी अस्पतालमा भएका आइसीयु भेन्टिलेटरलाई अधिकतम प्रयोग गर्न तयारी अवस्थामा राख्न अनुरोध गरेको छ । त्यस्तै गरी भरतपुर अस्पतालमा थप आइसीयु भेन्टिलेटर पठाउन नेपाल सरकारलाई अनुरोध गरेको छ । त्यस्तै गरी अग्रभागमा काम गर्दै आएका स्वास्थ्यकर्मीलाई सकरात्मक व्यवहार गर्न, सामाजिक दुरी कायम गरी आफ्ना काम गर्न, स्थानीय प्रशासनले गरेको निषेधाज्ञाको पालना गर्नको लागि सवैलाई अनुरोध गरेको छ ।
वैठकमा सभापति कृष्णभक्त पोखरेलले अवस्था जटिल बन्दै गएकाले सवैले आ आफ्नो स्थानबाट स्वस्थकर व्यवहार अपनाई महामारीलाई पररास्त गर्न सकिने बताउनु भयो । प्रदेश सांसद कृष्ण खनाल, कृष्ण भुर्तेललेले बन्दाबन्दीले मानवीय जीवन कष्टकर भएपनि मानव स्वास्थ्यको अवस्था अझ जटिल भएको बताउनु भयो ।
वैठकमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, रत्ननगर नगरपालिका प्रमुख नारायण वन, राप्ती नगरपालिका प्रमुख प्रभा वरालले आइसोलेसन वार्डको क्षमता वृद्धि गर्नु पर्ने बताउनु भयो । पीसीआर परीक्षण वृद्धि गर्दै जानु पर्ने अवस्थामा एउटा मात्र सरकारी ल्यावले धान्न नसकेको बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट