कोरोना संक्रमीत युवा भरतपुर अस्पतालको आइसोलेशनबाट भागे

चितवन ९ भदौ । कोरोना संक्रमीत भएपछी भरतपुर अस्पतालको आइसोलेशनमा भर्ना भएका एक युवा भागेका छ्न ।
भदौ ६ गते अस्पतालमा भर्ना भएका ती व्यक्ती आज बिहान ५ बजे अस्पतालबाट भागेको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनु भयो । चोरीको मुद्दामा प्रहरीले पक्राउ गरेका भरतपुर १२ का २१ वर्षिय ती युवामा ६ गते कोरोना संक्रमण भएको थियो ।
संक्रमण भएपछी परिवारको जिम्मा लगाएर अस्पताल लगेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सुर्य थापाले जानकारी दिनु भयो । भागेका युवाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।फरार संक्रमीत युवाको गतिबिधिले रोग फैलन सक्ने भन्दै प्रहरीले खोजी कार्य तीब्र बनाएको जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट