टिकटक प्रतिबन्ध गर्ने ट्रम्पकाे निर्णय बिरुद्ध अदालतमा अपिल

काठमाडौं । चिनियाँ भिडियो एप ‘टिक टक’ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय विरुद्ध अदालतमा अपिल गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकामा टिकटक प्रतिबन्ध गरेपछि कम्पनीले कानुनी उपचार खोजेको हो ।

राष्ट्रपतिको कार्यकारी आदेश विरुद्ध यसै साता न्यायिक सुनवाई सुरु हुने बताइएको छ ।

अमेरिकामा सेप्टेम्बर महिनाको मध्यदेखि टिकटकको संचालक कम्पनी ‘बाईट डान्स’ सँग कुनै कारोबार नगर्न ट्रम्पले आदेश जारी गर्नुभएको थियो ।

टिकटकले अमेरिकी नागरिकको गोप्य सूचनाहरु चिनिया सरकारलाई उपलब्ध गराउन सक्ने ट्रम्पको भनाई छ ।

तर टिकटकले भने ट्रम्पको आरोप अस्विकार गरेको छ । अमेरिकामा टिकटकका ८ करोड सक्रिय प्रयोगकर्ताहरु रहेका छन् ।

यसअघि अर्को चिनियाँ एप विच्याटले पनि कानुनी उपचारको बाटो खोजेको भियो ।एजेन्सी

शेयर गरौ

ताजा अपडेट