बागमती नदीमा डुबेर तीनजना बालिका बेपत्ता

रौतहट ,७ भदौ । रौतहटमा बाग्मती नदीको धर्मपुर घाटमा आज आइतबार नुहाउन गएका ३ जना बालिका डुबेर बेपत्ता भएका छन्।

गढीमाई नगरपालिका ७ धर्मपुरटोलका भदै मुखियाका १० वर्षीया छोरी पिंकु कुमारी, लक्षुमण दासकी छोरी १२ वर्षीया सुसिता कुमारी र छट्टु मुखियाकी छोरी १० वर्षीया छोरी चन्चल कुमारी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रवीराज खड्काले जानकारी दिए।

करिब १२ बजे ३ जना बालिका नदीमा डुबेको खबर प्राप्त हुनासाथ प्रहरी गई खोजतलास भइरहेको खड्काले जानकारी दिए।

शेयर गरौ

ताजा अपडेट