नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु , कुल संख्या १४९ पुग्याे

काठमाडौं, ७ भदौ । कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको १४९ संख्या पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेमा झापा, पर्सा र सर्लाहीका रहेका छन् । मृत्यु हुनेमा झापाका ४८ वर्षीय पुरुष, पर्साका ५६ वर्षीया महिला र सर्लाहीका ३३ वर्षीया महिला रहेको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।

शेयर गरौ

ताजा अपडेट