काठमाडाैँ, ७ भदौ । आइतबार नेपालमा थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थपिएका ८१८ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार९३५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १८ हजार ६३१ पुगेको छ । आज थप ३ जनाको कोरोनाका मृत्यु भएसँगै नेपालमा ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ ।