चितवन समाचार डटकम, ७ भदौ ।
कानुन न्याय तथा मानव अधिकार समितिले काेभिड-१९ काे उपचार र राेकथाममा स्वास्थ्यकर्मीले पुर्याएकाे याेगदानकाे प्रशंसा गर्दै उनीहरूकाे मनाेवल उच्च राख्न सबै सराेकारवालाहरुलाई अाग्रह गरेकाे छ । काठमाडौं बानेश्वर स्थित लर्ड बुद्ध हाेस्टलमा निजामती अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु बसेकाे कारण देखाई हाेस्टल घेराउ एवम् सञ्चालकमाथि दुर्व्यवहार भएकोमा समितिले अाज एक बक्तब्य मार्फत निन्दा गरेकाे छ । समितिका सभापति कृष्णभक्त पाेखरेलले एक बिज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीलाई हाैसला दिनुकाे सट्टा दुर्व्यवहार गर्नेलाई कानुनी कार्वाहीकाे लागि सरकारकाे ध्यानाकर्षण समेत गराउनुभएकाे छ । त्यस्तै विभिन्न मितिमा विरगञ्ज, बिराटनगर , जाजरकोट लगायत देशका बिभिन्न स्थानमा कार्यरत स्वास्थ्यकर्मीहरुमाथि गरिएको दुर्व्यवहार र अाक्रमणले समितिलाई चिन्तित बनाएकाे छ, बिज्ञप्तिमा भनिएको छ । काेभिड-१९ बाट सिर्जित संकटकाे राेकथाम, नियन्त्रण र उपचारका लागि अहाेरात्र खटिएका स्वास्थ्यकर्मीहरुलाई अावश्यक सहयोग र सुरक्षा प्रदान गरी उनीहरूको मनाेबल उच्च राख्न सम्बन्धित सबैमा समिति हार्दिक अपिल गर्दछ- सभापति पाेखेरले बिज्ञप्ति मार्फत उल्लेख गर्नुभएको छ ।