नेपालमा आज थप ६८१ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं , ३ भदौ । नेपालमा बुधबार थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । सक्रिय संक्रमितको संख्या ११ हजार १ सय १८ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय २० कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ७ सय पुगेको छ । मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ ।

शेयर गरौ

ताजा अपडेट