चितवन २ भदौ । स्कुल अफ हेल्थ साइन्स भरतपुरको प्रमुखमा नयाँ नियुक्त हुनु भएकालाई स्वागत र सरुवा भएर जानेलाई विदाइ गरिएको छ ।
हेल्थ साइन्स भरतपुरमा नयाँ नियुक्त हुनु भएका डा. रजनी शाहले आज पदभार ग्रहण गर्नु भएको छ । उहाले यस अगाडि भरतपुर बहुप्राविधिक शिक्षालय जगतपुरमा प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको थियो । पदभार ग्रहण पछि उहाले शिक्षालयलाई नयाँ उचाइमा पु¥याउन आफ्नो ध्यान केन्द्रित हुने बताउनु भयो ।
शिक्षाको गुणस्तर वृद्धि गर्दै प्राविधिक शिक्षालाई अझ व्यापक बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको प्रमुख शाहले बताउनु भयो ।
त्यस्तै गरी यस अगाडि शिक्षालय प्रमुख हुनु भएको रमनकुमार मेहताले आफूले स्कुल अफ हेल्थ साइन्सबाट धेरै विषय सिक्ने अवसर पाएकाले विदाइ भएर जादै गर्दा शिक्षालयलाई सुदृढ गर्न यहाँको सिकाइ महत्वपूर्ण रहने बताउनु भयो । मेहता निर्मल लामा नमूना बहुप्राविधिक शिक्षालय बर्दिबास, महोत्तरी जानु भएको हो । कार्यक्रममा शिक्षालयका प्रध्यापकहरुले मन्तव्य राखेका थिए । कार्यक्रम लेखा प्रमुख रामहरि खनालले सञ्चालन गर्नु भएको थियो ।