भरतपुरको सेन्ट्रल हस्पिलटमा छ जनालाई कोरोना संक्रमण

चितवन २ भदौं । भरतपुरको सेन्ट्रल हस्पिलटमा छ जनालाई कोरोना भाइरस संक्रमण भएको छ ।
सोमबार राति सार्वजनिक गरेको कोरोना परीक्षणको विवरणमा अस्पतालका तीन जना नर्स दुइ जना कार्यालयका कर्मचारी र अन्य एक जना गरी छ जनामा कोरोना संक्रमण भएको हो ।
जसमा भरतपुर महानगरपालिका भित्रका २४, २७, ४२ र ४३ वर्षका महिला, हेटौडाका ६० वर्षीय महिला, गोरखाका २५ वर्षीय महिला रहेको भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोग शालाका प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिनु भयो ।
एकैपटक पाँच जनामा संक्रमण पुष्टि भएपछि बिरामीको उचित व्यवस्थापनमा अस्पताल प्रशासन सजग रहेको छ । चितवनका अस्पतालमा उपचार गर्न आएका विरामी त्यहाँ कार्यरत डाक्टर र स्वास्थ्यकर्मीमा संक्रमण वढेपछि चिन्ता छाएको छ ।
चितवनमा आज मात्रै ५० जनामा संक्रमण पुष्टि भएको थियो । सबैभन्दा धेरै संक्रमण पुष्टि हुनेमा राप्ती–६ मा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनी बागमती प्रदेशका ४२ जना रहेका छन् । संक्रमण वढेपछि प्रशासनले चहलपहलमा कडाइ गरेको छ ।

शेयर गरौ

ताजा अपडेट