भारतको उडीसामा जारी हिरो गोल्डकपको उपाधिका लागि आज नेपाल र म्यानमार भिड्दै

काठमाडौं, ३ फागुन :

भारतको उडीसामा जारी हिरो वुमन गोल्डकप फुटबलको उपाधिका लागि नेपाली राष्ट्रिय महिला टोलीले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

समुह चरणमा भएको भेटमा म्यानमारले नेपाललाई ३–० ले हराएको थियो । भुवनेश्वरस्थित किलिङगा रंगशालामा साँझ सवा ६ बजे उपाधि भिडन्त सुरु हुनेछ । चार राष्ट्र सहभागी गोल्डकपमा म्यानमार शत प्रतिशत नतिजा हात पार्दै उपाधिनजिक पुगेको हो भने २ खेलमा जित हात पारेको नेपाल उपबिजेताको रुपमा फाईनल पुगेको हो ।

फिफा बरियतामा ६४ स्थानमाथी रहेको म्यानमारबिरुद्ध नेपाल सशक्तरुपमा प्रस्तुत हुने प्रशिक्षक हरि खड्काले बताएका छन् । नेपाललाई आज समुहचरणमा भोगेको हारको बदला लिने अबसर पनि रहेको छ । म्यानमार भने यसअघिकै नतिजा हात पार्दै उपाधि हत्याउने लक्ष्यमा आज मैदान उत्रनेछ । म्यानमारलाई हराउन सके, नेपाली महिला फुटबल ऐतिहासिक उपलब्धि हात पार्न सफल हुनेछ ।

यसअघि गत नोभेम्बर भएको ओलम्पिक छनोट फुटबलको प्रतिस्पर्धामा नेपालले म्यानमारलाई बराबरीमा रोकेको थियो ।

शेयर गरौ

ताजा अपडेट