पूर्वी चितवनको चारवटा नगरपालिकामा आज रातिदेखि निषेधाज्ञा

चितवन, ३२ साउन । चितवन जिल्लामा कोरोना रोगको संक्रमण वृद्धि भएपछि पूर्वी चितवनका चारवटा नगरपालिकाले निषेधाज्ञा लगाउने भएका छन् ।
दुइदिन अगाडि भरतपुर माहानगरपालिकाले निषेधाज्ञा लगाएपछि चारवटा नगरपालिकाले आइतबारबाट एकहप्ता वन्द गर्ने भएका हुन् । चारवटा नगरपालिकाका प्रमुखहरु बिच आइतबार विहान भएको वैठकमा कम्तीमा एक हप्ताको लागि निषेधाज्ञा लगाउने निर्णय भएको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिनु भयो ।
उहाका अनुसार आइताबार राति १२ बजेदेखि लागु हुने गरी एक हप्ताका लागि निषेधाज्ञा लगाउने निर्णय भएको हो । चारवटा पालिकाले गरेको निर्णय कार्यालयलाइ प्राप्त भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले जानकारी दिनु भयो । पालिकाको निर्णय अनुसार सूचना जारी गर्ने तयारी भएको उहाले बताउनु भयो ।
पूर्वी चितवनका रत्नगर, कालिका, खैरहनी र राप्तीका प्रमुखहरुले अवस्था जटिल बन्दै गएको भन्दै एक हप्ता निषेधाज्ञा लागाउन एक हनु भएको हो । आइतबार राति १२ बजेदेखि लागू हुने गरी भदौं ७ गतेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय भएको रत्ननगर नगरपालिकाका प्रमुख वनले जानकारी दिनु भयो ।
पछिल्ला केहीदिन पूर्वी चितवनमा पनि कोरोना भाइरसका संक्रमित थपिदै गइरहेका छन् । शनिबार राति गरिएको परीक्षणमा रत्ननगर नगरपालिका–५ र १२ का ३ पुरुष र एक महिला गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने खैरहनी नगरपालिका–८ का २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

शेयर गरौ

ताजा अपडेट