चितवन समाचार डटकम, ३१ साउन । काेराेना संक्रमण राकथाम गर्न भरतपुर महानगरमा एकसाता सम्म जारी रहने गरि आजबाट निषेधाज्ञा लागेको छ । नारायणगढ र भरतपुरका मुख्य चाेकमा चेकजाँचका लागि सुरक्षाकर्मी खटिएका छन् । छिटपुट चलेका माेटरसाईकललाई प्रहरीले सम्झाई बुझाई गरिरहेको पाईएकाे छ । बजार प्राय : बन्द गरिएका छन् । निषेधाज्ञा बारे भरतपुर महानगरपालिकाा र जिल्ला प्रशासन कार्यलयले पूर्व सुचना जारी गरेका थिए ।


