चेपाङ समुदायलाई खाद्यान्न र पोशाक वितरण

माडी ३० साउन । माडी नगरपालिका वडा नं ८ शिवद्वार ईन्द्रबस्तीको खोला किनारमा बसोबास गरिरहेका ३६ सुकुम्बासी चेपाङ परिवारलाई खाद्यान्न र ४८ बालबालिकालाई पोशाक र साबुन आज शुक्रबार वितरण गरिएको छ ।

माडी नगरपालिका वडा नं ८ चेपाङ बस्तीको भिडियो रिपोर्ट अध्ययन गरेपछि अमेरिकी सामाजिक अभियन्ता जिम बोल्डेनले मिराकल गार्डेनका सञ्चालक दामोदर देवकोटा र सञ्चारकर्मी नारायण सापकोटा मार्फत खाद्यान्न , पोशाक र साबुन सहयोग पठाउनुभएको हो ।

खाद्यान्न र पोशाक वितरण गर्दै माडी नगरपालिकाक प्रमुख ठाकुरप्रसाद ढकालले माडीका सुकुम्बासी चेपाङ समुदायको सुरक्षित स्थायी आवास निर्माण र आय आर्जनको काम गर्न लागिएको जनाउँदै सुकुम्बासी समुदायमा सहयोग गर्ने अमेरिकी नागरिक र समन्वयकर्ता हरुलाई धन्यवाद दिनुभयो ।

राहत वितरण कार्यक्रममा माडी नगरपालिका बडा नं ८ का अध्यक्ष कृष्णराज अधिकारी, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेल, नेकपाका युवा नेता तथा लायन्स क्लब अफ माडी ग्रीनका अध्यक्ष श्रीप्रसाद दवाडी, जनजीवन माविका प्रधानाध्यापक शोभाकर गौतम, मिराकल गार्डेन प्रालिका प्रबन्ध निर्देशक दामोदर देवकोटा, अप्सरा देवकोटा, महेश सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम को सञ्चालन र सहजीकरण सञ्चारकर्मी नारायण सापकोटाले गर्नुभएको थियो ।

कार्यक्रममा सुकबहादुर चेपाङले विपत्तिको बेलामा सहयोग गर्ने सहयोगीप्रति सुकुम्बासी चेपाङ परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन उत्तरोत्तर प्रगतीको कामना गर्नुभयो ।

बाढीले घरबास बगाएपछि माडी नगरपालिकाको समन्वयमा चेपाङ परिवार माडी ९ कुसुम खोलाबाट आएर माडीको राईडाँडा, शिवद्वार,परुइ, इन्द्रबस्ती, दिवानगरमा किनारमा गरेका छन् ।

शेयर गरौ

ताजा अपडेट