चितवनमा थप १६ जनामा कोरोना संक्रमण

चितवन , २८ साउन। चितवनमा थप १६ जनमा कोरोना संक्रमण भएको छ ।  साउन २७ गते मंगलबार गरिएको परिक्षणमा चितवनका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुरस्थित कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका १६ सहित २१ जनामा संक्रमण देखिएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिनु भयो।

संक्रमण देखिएका मध्य १२ जना भरतपुरका महानगरका, ३ जना राप्ती नगरपालिका र १ जना इच्छाकामना गाउँपालिकाका को रहेका छ्न । अन्य ५ जना बाहिरी जिल्लाका भए पनि यहिँकै अस्पतालमा उपचाररत हुन् । भरतपुर महानगरपालिका वडा नम्बर १, ३, ४, ८, १० र ११ का ७ जना पुरुष तथा ५ जना महिला हुन् ।

उनीहरुको स्वाब विभिन्न अस्पतालबाट लिइएको थियो । राप्ती ६ का तीन जना भने क्वारेन्टाइनमा बसेका थिए । इच्छाकामनाका एक जनाको पनि अस्पतालबाट स्वाब लिइएको थियो ।

भरतपुर अस्पतालमा उपचाररत बाराका एक जना, क्यान्सर अस्पताल भरतपुरमा उपचाररत बैतडीका एक जना, पुरानो मेडिकल कलेजमा उपचाररत रौतहटका एक जना र तनहुँको क्वारेन्टाइनमा रहेका २ जनामा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनु भयो ।  मंगलबार ३१० वटा नमुना परीक्षण गरिएकोमा २१ जनामा कोरोना देखिएको हो ।

शेयर गरौ

ताजा अपडेट