माडीमा सुकुम्बासी परिवारलाई झुल, तन्ना वितरण

चितवन, २३ साउन । गैर आवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य तुल्सीराम खरेलले आफ्नो शुभ जन्मदिनको अवसरमा सुकुम्बासी चेपाङ परिवारलाई शुक्रबार झुल र तन्ना वितरण गर्नु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं ४ स्थायी घर भई हाल जापानमा व्यवसाय गरिरहनुभएका समाजसेवी खरेलले जन्मदिनको अवसरमा माडी नगरपालिका वडा नं ८ को शिवद्वार र इन्द्रबस्तीको नदी किनारमा बसोवास गरेका २७ सुकुम्बासी चेपाङ परिवारलाई प्रतिपरिवार २ वटा झुल र २ वटा तन्ना वितरण गरिएको हो ।

झुल र तन्ना वितरण गर्दै माडी नगरपालिकाक उप प्रमुख ताराकाजी महतोले माडीका सुकुम्बासी चेपाङ समुदायको सुरक्षित स्थायी आवास निर्माण गर्न लागिएको अवस्थामा चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण रोकिएको र सबैसँग छलफल र समन्वय गरी काम अगाडि बढाउने जानकारी गराउँदै जन्मदिनको अवसरमा सुकुम्बासी समुदायमा सहयोग गर्ने तुल्सीराम खरेललाई धन्यवाद दिनुभयो ।
उहाँले माडीको समग्र विकासमा सञ्चार माध्यमहरुले गरेको योगदानप्रति आभार प्रकट गर्दै सुकुम्बासी चेपाङ समुदायको उत्थानको लागि पनि सहयोग गर्न सम्पूर्ण सञ्चारकर्मीहरुलाइ अाग्रह गर्नुभयो ।

झुल र तन्ना वितरण कार्यक्रममा माडी नगरपालिका प्रवक्ता एवम् बडा नं ९ का अध्यक्ष शिवहरि सुवेदी, वडा नं ८ का वडाध्यक्ष कृष्णराज अधिकारी, नेकपाका युवा नेता तथा लायन्स क्लब अफ माडी ग्रीनका अध्यक्ष श्रीप्रसाद दवाडी, मिराकल गार्डेन प्रालिका प्रबन्ध निर्देशक दामोदर देवकोटा, लगायतको उपस्थिति रहेको थियो ।
सामान वितरणको समन्वय र सहजीकरण सञ्चारकर्मी नारायण सापकोटाले गर्नुभएको थियो ।

कार्यक्रममा सुकबहादुर चेपाङले विपत्तिको बेलामा सहयोग गर्ने सहयोगी तुल्सीराम खरेलप्रति सुकुम्बासी चेपाङ परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन उत्तरोत्तर प्रगतीको कामना गर्दै स्कुल जाने बालबालिकालाई पनि सहयोग गर्न सहयोगी महानुभावहरुलाई आग्रह गर्नुभयो ।

बाढीले घरबास बगाएपछि माडी नगरपालिकाको समन्वयमा चेपाङ परिवार माडी ९ कुसुम खोलाबाट आएर माडीको राईडाँडा, शिवद्वार,परुइ, इन्द्रबस्ती, दिवानगरमा किनारमा गरेका छन् ।

शेयर गरौ

ताजा अपडेट