युवा संघले प्रहरीलाइ गर्‍यो पाँच हजार मास्क सहयोग

चितवन २३ साउन । नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट युवा संघ नेपालले जिल्ला प्रहरी कार्यालय चितवनलाइ मास्क सहयोग गरेको छ ।
माक्स नभएर सडकमा हिडेका सर्वसाधारणलाई कार्वाही होइन मास्क बितरण गर्नु पर्छ भन्दै प्रहरी मार्फत वितरण गर्न सहयोग गरेको हो । एक पटकलाइ मास्क दिएर सहयोग गर्ने पछि नमाने कार्वाही गर्नु पर्ने भन्दै सहयोग गरेको युवा संघका इन्चार्ज प्रकाश ढुंगानाले जानकारी दिनु भयो ।
कोरोना संक्रमणबाट रोक्न मास्क प्रयोग गरौ भन्दै प्रहरी मार्फत वितरण गर्न सहयोग गरेको युवा संघका नेता मधु न्यौपानेले जानकारी दिनु भयो । संघले ५ हजार माक्स सहयोग गरेको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख नान्तीराज गुरुङले सामाजिक क्षेत्रमा युवा संघले गरेको सहयोग धेरै राम्रो भएको बताउनु भयो । संघले गरेको आग्रह अनुसार सर्वसाधारणलाई माक्स वितरण गर्ने जानकारी दिनु भयो । संघका नेेता प्रताप डल्लाकाेटी को सहभागिता  थियाे ।

शेयर गरौ

ताजा अपडेट