बालिका बलात्कार गरेको आरोपमा गोरखाका वडाध्यक्ष पक्राउ

गोरखा, २० साउन । एक १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा गोरखाका एक वडाध्यक्ष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट रहेको प्रहरीले जानकारी दिएको छ ।

बिहे गर्छु भन्दै यसअघि पनि पटक–पटक जबरजस्ती करणी गरेको भन्दै पीडित परिवारले जाहेरी दिएको प्रहरीको भनाइ छ । एसपी सुरेन्द्रबहादुर गुरुङले भने, ‘जाहेरीस्पछि हामीले उहाँलाई पक्राउ गरी अनुसन्धान अगाढि बढाएका छौंं ।’

अन्दाजी ४७ वर्षीय रानाभाटलाई सोमवार जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले पालुङटारबाट पक्राउ गरेको उनले बताएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको र रानाभाटविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ताको तयारी भइरहेको एसपी गुरुङले जानकारी दिए । गत असारमा कालिकोटको खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाही पनि १६ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ परेका थिए ।

शेयर गरौ

ताजा अपडेट