विस्थापित चेपाङ परिवारलाई एक महिना भित्र आवास निर्माण गरिने

चितवन ११ साउन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगलागी भएको कुसुमखोला क्षेत्रमा स्थलगत निरीक्षण गर्नु छ ।
निकुञ्ज प्रशासनले माडीको कुसुमखोलाका चेपाङ वस्तीमा आगो लगार हटाएपछि नेकपा केन्द्रीय सदस्य तथा महानगर प्रमुख दाहालले आइतबार निरीक्षण गर्नु भएको हो । वास नै उठाउने तरिकाले गरेको अमानवीय कार्यको उहाले विरोध गर्नु भएको छ ।
निरीक्षणका क्रममा माडी नगरपालिका प्रमुख ठाकुर ढकाल, मानवअधिकारीवादी सस्थासहितको टोलीले निरीक्षण गरेर घटनाको छानविन गर्न पहल गर्ने भएको छ । विस्थापित समुदालयलाई एक महिना भित्र वासको निर्माण गर्न माडी नगरपालिका तयार भएको भरतपुर महानगर प्रमुख दाहालले जानकारी दिनु भयो । नेपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डाको निर्वाचन क्षेत्र समेत भएकाले उहाँको विशेष पहलमा घर निर्माणको लागि निर्देशन आएको दाहालले जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट