बासको रक्षा र दोषी उपर कार्वाहीको माग गर्दै चेपाङ समुदाय पुगे सिडियो कार्यालय

चितवन, ८ साउन । बसोबासको रक्षा गरिदिन पीडित चेपाङले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाएर माग गरेका छन् ।
माडीको कुसुमखोलामा वासेवास गर्दै आएका चेपाङको घर निकुञ्जले आगोलगाएको भन्दै पीडितले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाएर बासको रक्षा गर्न माग गरेका हुन् । संविधान सभा सदस्य गोविन्दराम चेपाङले घर आगजनी गर्दै वास उठाउने अमानवीय काम भएकोमा आपत्ती जनाउदै वासको व्यवस्था गरिदिन अनुरोध गर्नु भयो ।
वर्षाको समयमा हात्ती लगाएर वस्ती उठाउने, लगाएको अन्न नष्ट गरिदिने जस्ता कार्यले बाच्न पाउने अधिकार हनन् भएको उहाले बताउनु भयो । घर लगाउने माथि कार्बाहीको समय माग गर्नु भयो ।
यस्तै साउन १ गते सेनाको कुटाइबाट घाइते भएका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको भन्दै दोषी उपर कार्वाहीको माग गरिएको छ ।
साउन १ गते राप्ती नगरपालिका वडा नं. २ लोथर खोलाको दोभानमा माछामार्न गएका २४ वर्षीय चेपाङको सेनाको कुटपिटबाट मृत्यु भएको आरोप लगाएका छन् । मृतका वुवा विष्णुलाल चेपाङले छोरा सहित माछा मार्न गएका अन्यलाई पनि कुटेको र छोराको विहीबार विहान मृत्यु भएको बताउनु भयो ।
साउने संक्रातीको दिन माछा र घोगी मारेर आउछु भन्दै गएका थिए चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएका सेनाले कुटेछन् उहाँले भन्नु भयो । दिउसो गएको छोरो साँझ घाइते भएर आयो उहाँले भन्नु भयो गाउँघर तिरको मेडिकलमा जचाए ठिक भएन । वुधबार भरतपुर अस्पतालमा ल्याएको विहीबार विहान ९ बजे अस्पतालले मृत घोषणा ग¥यो ।
राजकुमार संगै जानु भएका सन्तलाल प्रजाले सातजना गएकोमा सबैलाई सेनाले पिटेको बताउनु भयो । उहाँले भन्नु भयो हामी खोलामा माछा घोगी मार्दै थियौ एक्कासी सेना आएर कुटे । पानीमा घोप्टो पारेर कुटे, राजकुमारलाई त झन धेरै कुटे । लौरो र बुटले कुटेको थियो । संविधान सभा सदस्य गोविन्दराम चेपाङले भन्नु भयो आर्मीले नियन्त्रणमा लिएर कुटपिट गर्ने र सोही कारणले मृत्यु हुने अवस्थाको अन्त्य हुनु पर्दछ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले कानुन भन्दा माथि कोही व्यक्ति नरहेकाले दोषी देखिए कार्बाही हुने बताउनु भयो ।
दोषीलाई कार्बाही नगरेसम्म लास नबुझ्ने भन्दै पीडितले जिल्ला प्रहरी कार्यालमा जाहेरी दरखास्त दिएका छन् । राप्ती नगरपालिका वडा नं. १ लिगलिगे पोष्टमा कार्यरत सेनाले कुटेको भन्दै जाहेरी दिएका छन् । जाहेरी दिएपनि दर्ता नगरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सुर्य थापाले जानकारी दिनु भयो । घटनाको विषयमा आवश्यक अनुसन्धान भइराखेकाले अहिले दर्ता नभएको बताउनु भयो । मृतकको पोष्ट रिपोर्ट भने आएको छैन । नेपाल चेपाङ संघका अध्यक्ष खुशीलाल चेपाङ्ग र समितिका अध्यक्ष भीम बहादुर चेपाङ्गद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा विभिन्न माग राखिएको छ ।

शेयर गरौ

ताजा अपडेट