तेजेन्द्रबहादुर खड्का
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवन
नेपालको राजनीतिक क्षितिजमा केही व्यक्तित्वहरुको नाम शीर्ष स्थानमा रहेको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा कमरेड पुष्पलाल, कमरेड मनमोहन, जननेता कमरेड मदन भण्डारीको नाम अग्रस्थानमा आउने गर्दछ भने नेपाली काँग्रेसतर्पm विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको नाम अग्रस्थानमा आउने गर्दछ ।
नेपालको राजनीतिक आकासमा कहिल्यै नअस्ताउने ताराहरुमध्ये कमरेड पुष्पलाल पनि एक हुन । आधुनिक नेपालको निर्माण पछि लामो समयसम्म राणा शासन कायम रह्यो । अहिले पनि कसैले कुनै कार्य जवरजस्ती लाद्न खोज्यो भने यो राणा शासन हो र ? भन्ने उपमा दिने गरिन्छ । पुष्पलालको जन्म त्यही राणा शासनको समयमा बि.सं. १९८१ साल असार १५ गते रामेछाप जिल्लको भंगेरी भन्ने गाउँमा भएको हो । माता तुलसीमाया श्रेष्ठ र पिताको भक्तलाल श्रेष्ठको माहिला छोराकोरुपमा जन्मिएका पुष्पलालका जेठा दाजु राणाशाही विरुद्धको आन्दोलनका शहिद गंगालाल थिए ।
सामान्य परिवारमा जन्मिएका पुष्पलाललाई दाजु गंगालालको प्रभावले राणा शाही विरोधी बनाएको थियो भने राणाहरुले गंगालालको हत्या गरे पछि पुर्णरुपमा राजनीतिक आन्दोलनमा होमिनु भएको थियो । शुरुका बर्षमा नेपाली राष्ट्रिय काँग्रेसमा संलग्न भएर केन्द्रीय सचिव पदमासमेत पुग्नु भएका कमरेड पुष्पलाल नेपाली राष्ट्रिय काँग्रेस विभाजित भए पछि नेपाली काँग्रेसबाट नेपाली क्रान्तिको नेतृत्व हुन नसक्ने ठहर गर्दै कांग्रेस परित्याग गर्नु भयो ।
त्यस समयमा रुसमा भएको क्रान्ति, विश्वका विभिन्न मुलुकमा माक्र्सवादी आन्दोलनबाट प्रभावित भई पुष्पलाल माक्र्सवादी विचारतर्पm आकर्षित हुनु भयो र नेपाली राजनीतिको क्षितिजमा शिर्ष व्यक्तित्वकोरुपमा आपूmलाई उभ्याउन सफल मात्र हुनु भएन नेपाली राजनीतिमा ठूलो योगदान पु¥याउनु भयो । कमरेड पुष्पलालका योगदानहरु यसप्रकार रहेका छन् ।
क) ऐतिहासिक र द्वन्द्वात्मक भौतिकवादी दृष्ट्रिकोणबाट नेपाली समाजको व्याख्या गर्दै कार्ल माक्र्स र एंगेल्सद्वारा रचिएको विश्व प्रसिद्ध अंग्रेजी भाषामा रहेको कम्युनिष्ट घोषणपत्रलाई नेपाली भाषामा अनुवाद गर्नु भयो ।
ख) नेपाल कम्युनिष्ट पार्टीको घोषणा पत्र प्रकासन : विश्व कम्युनिष्ट घोषणपत्र, माक्र्सवादको अध्ययन, विभिन्न मुलुकहरुमा भएको क्रान्तिकारी वर्ग संघर्षसमेतको अध्ययनबाट कमरेडपुष्पलालले नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्र प्रकासन गर्नु भयो ।
ग) नेपाल कम्युनिष्ट पार्टीको स्थापना : नेपालको राजनीतिक, सामाजिक परिवर्तनको2 लागि सर्वहारा सुकुम्वासी, गरिव किसान तथा मजदुरहरुको पार्टीको रुपमा क्रान्तिकारी पार्टीको आवश्यकताको महसुस गरी नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जन गोविन्द बैद्य र मोतिदेवी (दुर्गा) श्रेष्ठसमेतको संलग्नतामा लेनिनको जन्म दिन २२ अप्रील १९४९ (वि.सं. २००६ साल बैशाख १० गते) मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नु भयो ।
घ) नेपाली समाजको चरित्रको व्याख्या : कमरेड पुष्पलालले नेपाली समाजको गहिरो अध्ययन गरी नेपाली समाज वर्गीय रहेको र वर्ग विश्लेषण गरी नेपाली समाज अर्ध सामन्ति र अर्ध औपनिवेशी चरित्रको भएको विश्लेषण गर्नु भयो । नेपाली कम्युनिष्ट आन्दोलनको क्रममा पुष्पलालले गर्नु भएको नेपाली समाजको चरित्रलाई पछिल्लो ०६२÷०६३ को जनआन्दोलनबाट लोकतन्त्र र गणतन्त्र प्राप्त नहुञ्जेलसम्म कायम नै रह्यो ।
ङ) नेपाली क्रान्तिको चरित्रको निरुपण र लक्ष्य निर्धारण : नेपाली समाजको व्याख्या पछि समाजमा रहेका अन्तरविरोधको आधारमा नेपाली क्रान्तिको चरित्रको निरुपण पुष्पलालले गर्नु भयो । नेपाली क्रान्तिको चरित्र सर्वहारा श्रमजीवी वर्गको नेतृत्वमा सामन्तवाद र साम्राज्यवाद विरोधी भएको र नयाँ जनवादी क्रान्ति नै नेपाली समाजको क्रान्तिको बाटो हो भन्ने कुराको व्याख्या गर्नु भयो ।
च) नेपाली समाज भित्रका अन्तरविरोधहरुको निक्र्यौल : पुष्पलालले नेपाली समाजको प्रधान अन्तरविराध सामन्ती व्यवस्थासँग रहेको र सामन्ती वर्गको नेतृत्व राजतन्त्रले गरेको निक्र्यौल गर्नु भएको थियो । साथै नेपाली समाज आधुनिक पूँजीवादी उत्पादन सम्वन्धको प्रवेश भइ सकेको हुँदा समाजको चरित्र अर्धसामन्ती रहेको छ भन्नु भएको थियो । यीनै राजनीतिक र सामाजिक चरित्रको आधारमा पुष्पलालले नेपाली जनता र अर्धसामन्ति र अर्धऔपनिवेशिक राज्यसत्ता वीचको अन्तरविरोध, नेपाल राष्ट्र र साम्राज्यवाद वीचको अन्तरविरोध, नेपाली जनता र वैदेशिक हस्तक्षेप र प्रभुत्ववाद विरुद्धको अन्तरविरोध, सामन्ती जमिन्दार र किसानवीचको अन्तरविरोध, दलाल तथा नोकरशाही पूँजीवाद र नेपाली श्रमजीवी वर्ग विचको अन्तरविरोध नै नेपाली समाजका प्रधान अन्तरविरोधहरु हुन भनेर पुष्पलालले विश्लेषण गर्नु भएको थियो ।

छ) संयुक्त जनआन्दोलनको पक्षपोषण : तत्कालिन समयमा रहेको निर्दलिय पञ्चायती व्यवस्थाको अन्त्यको लागि कमरेड पुष्पलालले नेपालका कम्युनिष्टहरु र नेपाली कांग्रेस दुवै शक्ति मिलेर संयुक्त जनआन्दोलन गर्नु पर्ने विचार अघि सार्नु भयो । नेपाली कांग्रेस पूँजीपती वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो विशेष गरी दलाल र एकाधिकार पूँजीपति वर्ग नै यस पार्टीको मुख्य आधार हुन तर पनि नेपाली काँग्रेस प्रजातन्त्रको पक्षपोषण र निरंकुशतन्त्रको विरुद्धमा रहेको छ ।
नेपाली काँग्रेसको स्थापना हुँदा सामन्ती व्यवस्था विरुद्ध संघर्ष गर्ने नभई केवल निरंकुश तन्त्रको विरुद्ध थियो त्यसैले उ राजतन्त्र फाल्ने कुरा गर्दैनथ्यो दलहरुको प्रतिवन्ध फुकुवा भए पनि पुगेको थियो तर पनि निरंकुश पंचायती व्यवस्थाको अन्त्य पछि सामन्तवाद र यसको जरोलाई नै फाल्न सकिन्छ भन्ने मान्यताका आधारमा पुष्पलालले नेपालका कम्युनिष्टहरु र नेपाली काँग्रेस मिलेर पंचायतका विरुद्ध संघर्ष गर्नु पर्छ भन्ने विचार राख्नु भएको थियो । यद्यपि उहाँको यस विचारले पुष्पलाल जिवित रहुञ्जेल मुर्तरुप लिन सकेन उल्टै संयुक्त जनआन्दोलनको विचार राखे वापत उहाँले गद्दार पुष्पलालको आरोप पनि खेप्नु प¥यो तर पुष्पलाल कै विचारका आधारमा नेपालका वामपन्थी र नेपाली कांग्रेस मिलेर संयुक्त जनआन्दोलनको माध्यमबाट २०४६ साल र ०६२÷०६३ को जनआन्दोलनले सफलता प्राप्त गरेको थियो ।
ज) सादा जीवन र उच्च विचारका धनि : आफ्नै सहकर्मीहरुबाट आरोपित हुँदा पनि विचलित नभई सादा जीवन र उच्च विचारका साथ आफ्नो सिद्धान्तमा अडिग सिद्धान्तनिष्ट नेताकोरुपमा पुष्पलाल चिनिए । निजी स्वार्थलाई कहिल्यै प्रश्रय नदिने कमरेडपुष्पलालले आफ्नो नामको पछाडी कहिल्यै थरसमेत जोड्नु भएन । पुष्पलालले तीन स (सिद्धान्त, संगठन र संघर्ष) को माध्यमबाट मात्र नेपाली क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने मान्यता राख्नु हुन्थ्यो ।
कमरेड पुष्पलालको नेपाली समाजको क्रान्तिको लागि तानाशाही पञ्चायती शासकविरुद्ध संघर्ष गर्दा गर्दै भारत निर्वासनमा रहेको अवस्थामा बि.सं. २०३५ साउन ७ गतेका दिन भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा देहावसान भयो । उहाँको पार्थिव शरिरलाई तत्कालिन तानाशाही पंचायती शासकले आफ्नो देशभित्र ल्याउन समेत दिएन र साउन ८ गते भारतको दिल्ली नजिक यमुना नदिको किनारमा रहेको निगमवोध घाटमा नेपाल र भारतका राजनीतिक नेताहरुको रोहवरमा हजारौं जनताको सामु अन्त्यष्टि गरियो ।
कमरेड पुष्पलाल आज हामी विच हुनु हुन्न माथि उल्लेखित वाहेक कमरेड पुष्पलालले नेपाली जनताका सामु अन्य थुप्रै योगदानहरु दिनु भएको छ र उहाँले नेपाली समाजलाई पु¥याउनु भएको योगदान हामी सामु सदैव रहिरहने छ । कमरेड पुष्पलालको योगदानको कारण आज नेपालको कम्युनिष्ट आन्दोलन यहाँसम्म आई पुगेको छ । अहिले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । कम्युनिष्ट पार्टीको बहुमतको सरकार छ र समाजवाद उन्मुख संविधान निमार्ण भई सकेको छ । शान्तिपूर्ण बाटोबाट मुलुकलाई नेपाली विशेषता भएको समाजवालमा पु¥याउन सक्ने आधार तयार भएको छ । पुष्पलालका यीनै योगदानहरुको उच्च सम्मान गर्दै ४२ औं स्मृति दिवसको अवसरमा कमरेड पुष्पलालप्रति हार्दिक श्रद्धाञ्जली । धन्यवाद ।


