चितवन । कालिका नगरपालिकामा रहेको वुङ र थाङ खोलाबाट भएको बाढी प्रभावबारे यस क्षेत्रका सांसद कृष्णभक्त पोखरेलले आइतार अनुगमन गरेका छन । बुङ खेलालाई थाङ खोलामा मिसाउन सकियो भने, भविष्यमा हुने बाढीको प्रकोपबाट जोगाउन सकिने उहाले बताउनु भयो ।
दुइ आफ्नो चुनावी क्षेत्रमा बाढी प्रकोपबाट हुने समस्या समाधानका लागि आवश्यक वजेट विनियोजन गर्न गराउन आफू प्रतिवद्ध रहेको उहाको भनाइ छ । कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले नेकपा अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि दुई खोलाले पारेको प्रभावको बारेमा जानकारी गराइएको बताउनु भयो । सो क्रममा सांसद पोखरेलले कालिका नगरपालिका वडा नम्बर ९ निवासी पार्टीका नेता कार्यकर्तासँग भेटघाट गरेका छन् ।