पत्रकार रिजालको एकान्ताबास कृति लोकार्पण

चितवन, ३ साउन । लकडाउनमा भएका घटनाक्रमलाई समेटेर पत्रकार पत्रकार विनोदबाबु रिजालको ‘एकान्तवास’ कृति लोकार्पण गरिएको छ ।
कोभिड–१९ (कोरोना भाइरस) को महामारि नियन्त्रण गर्न गरिएको लकडाउनको सेरोफोरोलाई समेटेर पुस्तक लेखिएको हो । कृतिको शनिबार साहित्यकार गोविन्दराज विनोदीले लोकार्पण गर्नु भयो । साहित्यकार विनोदीले लकडाउनलाई सदुपयोग गरेर तयार पारिएको पुस्तकले धेरै ज्ञान दिने बताउनु भयो ।
पत्रकार रिजालले असहज परिस्थितिलाई सदुपयोग गर्नुभएको छ, यो कृति पठनीय छ, उहाले भन्नु भयो, राम्रो कृति आएको छ, ‘न्यूज’, ‘भ्यूज’ को संमिश्रण छ । एकान्तवासमा साधना गरि निकालेको कृति उपयोगी हुने उहाको भनाइ छ । साहित्यकार एलवी क्षेत्रीले एकान्तवासको पीडा भोगेपनि राम्रो कृति ल्याएकोमा खुशी व्यक्त गर्नु भयो ।
कृतिको समिक्षा गर्दै साहित्यकार तथा पत्रकार बालकृष्ण थपलीयाले चैत ८ देखि असार १ गतेसम्मका मुख्य घटना, तथ्यांक र अनुूतिलाई रोचक ढंगले समावेश गरिएको बताउनु भयो । चैत ८ देखि असार १ सम्मको ११ दिन बाहेक ७५ दिनलाई यो पुस्तकमा समेटेको बताउनु भयो । ७८ शिर्षकमा रिजालले डायरी लेख्नु भएको थियो । पुस्तकमा २ सय ६० पृष्ठ छन् ।
साहित्यकार केदार खनालले समाजका लागि एकान्तवास कृति दस्तावेजका रुपमा रहने बताउनु भयो । समिक्षक उदय अधिकारीले लकडाउनलाई भावी पुस्ताले सहजै बुझ्ने भाषामा उतारेको चित्रण गनु भयो । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले कृति दस्तावेजका रुपमा आएको बताउनु भयो ।
लेखक तथा पत्रकार रिजालले अविष्मरणीय लकडाउनको सम्झनाको संगालो भएको बताउनु भयो । गहिरो कल्पनामा डुबेर लेखिएको किताव होइन, कोरोना त्रास र लकडाउनको कालोदिनलाई सम्झने प्रयास गरेको छु । लकडाउनपछि अर्थतन्त्र, समाजिक जीवनमा पारेका प्रभावलाई एकिकृत गरि पुस्तकको आकार दिएको बताउनु भयो ।
कृति युरेका पव्लिकेशनले प्रकाशन गरेको हो । युरेका पव्लिकेशन तथा सम्पूर्ण कितावका लेखराम सापकोटाले पत्रकार रिजालले लकडाउन अवधिलाई पत्रकार र नागरिकको आँखाबाट नियालेर दैनिकि लिपिवद्ध गरेको बताउनु भयो ।
तपाइँको प्रतिक्रिया