नेपाल चिकित्सक संघ चितवनको अध्यक्षमा डा. लाेक बहादुर सेढाई चयन

चितवन, २ साउन । नेपाल चिकित्सक संघ चितवन शाखाको अध्यक्षमा डा. लाेक बहादुर सेढाई चयन हुनुभएको छ । बिहिवार सम्म्पन्न जिल्ला अधिवेशनले सेढाई सहित १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हाे । नवगठित समितिकाे वरिष्ठ उपाध्यक्षमा डा. भारती देवी शर्मा, उपाध्यक्षमा डा. गुरू शरण साह, सचिवमा डा. सुर्य प्रकाश सापकाेटा, कोषाध्यक्षमा डा. मनाेज कडेल, सहसचिवमा डा. महेन्द्र कुमार अग्रहरी र सहकोषाध्यक्षमा डा. अमित चाैधरी चयन हुनु भएकाे छ । त्यसैगरी सदस्यहरूमा डा. राेहन झा, डा. शिव कंडेल, डा. प्रजिता भण्डारी, डा. पल्लव राज पाैडेल, डा. विवेक कंडेल र डा. किरण देवकाेटा चयन भएकाे संघका पूर्व अध्यक्ष डा. कष्ण पाैडेलले जानकारी दिनुभयाे।

ताजा अपडेट