मनोज कंडेल
कृषि बैज्ञानिक
परिचय :
जलवायु परिवर्तनको असर मानिसको दैनिकै जनजीवनको हरेक क्षेत्रमा परेको छ । जलवायु परिवतनरसंगै तापक्रम दिन प्रतिदिन बढ्दै गैरहेको छ । बढ्दो तापक्रम कृषि उत्पादनमा ठुलो चुनौती बन्न पुगेको छ ।
मकैबाली यसबाट अछुतो रहन सकेको छैन र सकदैन पनि । मकै खेतीमा अत्यधिक गरम (तातो) हुनी समयमा लगाई त्यस अत्यधिक तापक्रममा मकैको उत्पादन र उत्पादनलाई पार्ने प्राभाव कुराहरु खोजी गर्ने र बढ्दो तापक्रमलाई न्युनीकरण गर्नको लागि अपनाउनु पर्ने उपायहरूबारे सजग गराउन उदेश्यले प्लास्टिक गृहमा प्राकृतिक अवस्था भन्दा बढी तातो दिएर गरीएको परीक्षणलाई मकैको तातो प्रतिरोधी परीक्षण भनिन्छ । धेरै तातोको कारण मकैको उत्पादनमा १ देखि १०० प्रतिशत ह्रास हुने गरेको छ । मकैलाई बीउ उम्रने बेलामा २१ डिग्री से. र यसका विकास हुने अवस्थामा ३२ डिग्री से.तापक्रम उपयूक्त हुन्छ ।
अत्याधिक बढी तापक्रम (४० डिग्री से भन्दा माथि) भयो भने मकैको पातहरू सुकेर जानी परागकणहरू सुकेर जानी र परागसेचन कमी हुनी जसले गर्दा मकैमा दाना कम लाग्ने हुन्छ । बीउ विकासको क्रममा अत्याधिक बढी तापक्रम भएको अवस्थामा दानाको भित्री भागमा स्टार्चको मात्रा कम हुन गई बीउहरू सानो हुनु र विभिन्न इन्जाइम नष्ट भई बीउपछि रोप्दाको समयमा नुउम्राने हुन् सक्छ । राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रममा २०७२ सालमा २० वोटा मकैको इन्ब्रेड लइन लिएर तातो सहनी जात छनोट गर्ने र त्यस्को पछि बर्णशंकर बनाउने उदेश्यले प्राकृतिक अवस्था र प्लास्टिक गृहमा लगाईको थियो ।
अनुुुुसन्धान कार्यको पृष्ठभूमी
मकै संसारको महत्वपूर्ण बालीहरु मध्ये एक हो । लगभग ५० प्रतिशत मानिसहरुले मकैलाई दैनिक खानाको रुपमा प्रयोग गर्छन् । नेपालमा मकै स्थानिय बालीहरुमध्ये एक बाली हो मकै उत्पादनमा राम्रो ल्याउने कारक तत्वहरुमा तातो स्ट्रेस (ज्भबत क्तचभकक) र रोग किराहरुको महत्वपुर्ण स्थान छ । जलवायू परिवर्तन बाट हुने तातो हावापानीबाट लागी तातो स्ट्रेस रोग नेपालमा एक खतरनाक अवोइटिक बदयष्यतष्अ रोग बिकसित भईरहेको छ । यस रोगले बिश्वमा २० प्रतिशतदेखि ८० प्रतिशत सम्म उत्पादनमा गिरावट आउँछ । नेपालको परिस्थितिमा तातो स्ट्रेस (ज्भबत क्तचभकक) रोग बाट सरदर १० देखि २० प्रतिशत उत्पादनमा गिरावट आउने गरेको पांएको छ । यस तातो रोग नियन्त्रणका लागी बिभिन्न तरिकाहरु जस्तै जिरो खनजोतदेखि लिएर क्तचबननभच एबिलतष्लन बिधि प्रयोग भई सकेको छन् । उक्त बिधिबाट असफलताबाट श्रम ,समय र खर्चको आंकलनले तातो सहन सक्ने जातहरु प्रभाबित कार्य हुने देखिएको छैन । नेपालमा थोरै प्रतिरोधात्मक जातहरु रिलिज भएको हुनाले त्यस्तै अनुसन्धानहरुमा पहिलो समयमा लोकप्रिय हुँदै गएका छन् । नेपालमा हाल सम्म २ वटा मकै तातो सहन सक्ने जातहरु पत्ता लगाईसकेका छन् र तातो प्रतिरोधात्मक मकैको बिउको उपलब्धताले तातो रोग प्रतिरोधात्मक बिउ बर्णशकर जातहरु बिकास गर्न झनै सजिलो भएको छ ।
प्राप्त नतिजाको परिचय
जलवायु पविर्तनबाट हुने तातो स्ट्रेस रोग अहिलेको समयमा एकदमै जल्दोवल्दो समस्या हो । अरु बिधिबाट यस रोगको व्यावस्थापन गर्न गाह्रो हुने हुनाले बिरुवाको यस संग लड्ने अनुवाशिक क्षमता भएका बिरुवाको पहिचान गर्नु एउटा उपर्युक्त उपाय हो । प्रकृतिक र प्लास्टिक गृहको प्रयोग गरि मकैका तातो सहने बोट जातहरु पत्ता लगाउने यो अध्यान गरिएको थियो ।
बीस वटा मकैका प्रजातिलाई अल्फाल्याटिक्स तरिकामा २ वटा रेप्लिकेशन बनाएर राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरको अनुसन्धान ब्लक रामपुर, चितवनमा फेब्रुवरी देखी जुन ,२०१६ मा मकै का २० वटा प्रजातिहरु लिएर तिनिहरुको आपसको आनुवाशिंक घटक सम्बन्ध तथा उत्पादन घटकहरुको सम्बन्ध र स्टे«स सहने सूचाकांकको अनुसन्धान गरियो । मौषम बिज्ञानको तथ्यांक हेर्दा अधिकतम तापक्रम अप्रिल र मे महिनामा (४६.२ र ४३.२८ डिग्री से.) र न्यूनतम तापक्रम (३०.५८ –३०.५८ डिग्री से.)तथा सापेक्षित आद्रता ३७.०५–४९.४५ प्रतिशत प्लास्टिक घरभित्र मापन गरियो । जुन बेला मकै फुल खेल्दै तथा मकैको दाना भरिने अवस्थामा थियो ।
प्लास्टिक घरको मकैको प्रजनन चरणको दौडान ताप मापनको औषत तापमान ८–९ डिग्री से. सामान्य फिल्डको अवस्थामा भन्दा बढि थियो । धान चमरा र जुंगाको अन्तराल , पात जलेको , धान चमरा जलेको हरुको सम्बन्ध अन्न उत्पादनसंग उच्च नकरात्मक सम्बन्ध भएको हुनाले न्यूनतम धान चमरा र जुंगाको अन्तराल , पात जलेको , धान चमरा जलेको इन्ब्रेड लाइनको बिकास ले तातो सहने बिरुवा बिकास गर्नका लागी आवश्यक सबै भन्दा महत्वपुर्ण सूचकांक थिए । इन्ब्रेड आर.एल.–१४० र आर .एम.एल –९१ हरुले धेरै उत्पादन र न्यूनतम स्ट्रेस सहने जातका रुपमा पाईयो जसले कम पात जलेको ,कम धान चमरा जलेको,मध्यम धान चमरा –जुंगाको अन्तराल गुण भएको तातो क्षेत्रमा पाईयो ।
नतिजाको फाईदाहरु
कुनै पनि रोगको प्रतिरोधात्मक क्षमता बिरुवा भएको अनुबंशले निर्धारण गर्छ । तिनै अनुवंश कुनै पनि जातमा छ कि छैन भनेर पत्ता लगाउन बैज्ञानिक हरुले बिभिन्न किसिमबाट तातो दिएका हुन्छन् ।
प्लास्टिक गृह भित्र प्राकृतिक अवस्थामा भन्दा बढि तापक्रम र न्युन सापेक्षित आद्रता प्रजनन् अवस्थामा मकैलाई दिएर प्रयोग गरि गरेर तातो सहन प्रतिरोधात्मक जातको पहिचान गर्न सजिलो हुन्छ । साथै प्राकृतिक अवस्थाको प्रतिरोधात्मक क्षमता र प्लास्टिक गृह केन्द्रहरुको प्रतिरोधात्मक क्षमताको तुलना गरि परिक्षण गर्दा झन् प्रभावकारी हुन तातो रोगको प्रकोपले मकै बालीको उत्पादनमा राम्रो आएको सर्वबिधित नै छ ।
यसरी प्रतिरोधात्मक जातहरु पत्ता लगाईसके पछि र प्रतिरोधी जातको खेती तथा वर्णशकर जातको बिकास तथा प्रयोग गरि वढी उत्पादन लिन सकिन्छ । साथै प्राकृतिक अवस्थामा भन्दा प्लास्टिक गृहमा प्रतिरोधि जात पहिचान गर्न लाग्ने समय थोरै लाग्छ । नेपालमा तातो रोग प्रतिरोधी जातहरु थोरै मात्रा पहिचान भएका छन् तसर्थ प्लास्टिक गृहको प्रयोग गर्दा थोरै समयमा नै धेरै परिक्षण गर्न सकिन्छ । साथै समय र लाग्ने श्रम पनि कम हुन जान्छ ।
फाईदालिने तरिकाहरु
यस अनुसन्धानमा मकै इन्ब्रेड आर.एम.एल –९१ ,आर.एल –१४० लाई तातो स्ट्रेस प्रतिरोधि इन्ब्रेडको रुपमा पहिचान गरिएको छ २० वटा वोट इन्ब्रेड प्रयोग गरेकामा २ वटा इन्ब्रेड तातो प्रतिरोधि सहन सक्ने क्षमता र गुण पत्ता लगाईयो । यस प्लास्टिक गृहबाट पत्ता लगाईएका २ वटा इन्ब्रेड तातो क्षेत्रमा खेती गर्दा र यसको प्रयोग गरी बर्णशकर बनाएर खेती गर्दा फाइदा हुने देखीएको छ। समय र वातावरण सगै प्रतिरोधात्मक क्षमता फरक पार्ने हुनाले निरन्तर परिक्षण गर्नुपर्ने देखिन्छ । प्लास्टिक गृहमा र प्राकृतिक अवस्थामा पनि तातो सहन सक्ने क्षमताको परिक्षण गरि जातको बिकास गरेमा झन प्रभावकारी हुन्छ । तर पनि राम्रो उत्पादनको लागी निम्न कुराहरुमा ध्यान पु¥याउने हो भने राम्रो उत्पादन लिन सकिन्छ ।
1 अनुसन्धान बमोजिम सिफारिस गरिएका तातो सहने जातहरु लगाउने ।
2 सिफारिस गरे अनुसार मलखाद प्रयोग गर्ने ।
3 सिफारिस ईन्ब्रेडलाई बर्णशकर बनाउन प्रयोग गर्ने ।
4 गुणस्तरिय बिउको प्रयोग गर्ने ।
नतिजाका सिमितताहरु
प्लास्टिक गृह र प्राकृतिक अवस्थाको प्रयोग गरि तातो प्रतिरोधात्मक जातहरु बिकासमा छोटो समय लागे पनि यस अवधिको साथ साथै बिभिन्न स्थान र समयमा परिक्षण गरिदिनु जरुरी देखीन्छ ।यो अनुसन्धान एक सिजनको अवधिमा मात्र गरिएको हुँदा प्राप्त नतिजाहरु प्रभावकारी नहुन पनि सक्छन् । साथै त्यस्तै अनुसन्धानका लागी दक्ष जनशक्ति र उपकरणको आवश्यकता पर्दछ । बिभिन्न ठाउँको समय र वातवरण सग प्रतिरोधात्मक क्षमता फरक पर्ने हुनाले निरन्तर परिक्षण गरि प्रतिरोधि जातहरुको क्षमतामा फरक पार्न सक्छ ।
निस्कर्ष
तातो स्ट्रेस ९ज्भबत क्तचभकक० अजैबिक रोगको प्रकोप बिश्व भरिमै विख्यात छ र खास गरि दक्षिण एसियामा बढि बिनास गरिएको पाइन्छ । नेपालको परिस्थितिमा भएको हुनाले यसलाई नियन्त्रण गर्न जरुरी छ । अरु बिधि भन्दा प्लास्टिक गृह र प्राकृतिक अवस्थाको प्रयोग गरि प्रतिरोधि जातको पहिचान गर्न सजिलो ,छोटो समय लाग्ने वातावरण प्रर्दुषित रहित र जुन सुकै समयमा पनि गर्न सकिने हुनाले यस बिधिको बिकास र प्रवर्धन गर्न जरुरी देखिन्छ । यस अनुसन्धानको नतिजा अनुसार एक भन्दा बढी ईन्ब्रेड तातो शहने देखीएकोले यस्ता जातहरुको बिकास र प्रवर्धनले तातोको हानी न्युनिकरणमा टेवा प¥याउने निस्चित देखिन्छ । यस जानकारी किसानहरुलाई नभई यस अनुन्धानको कुनै औचित्य हुँदैन । तसर्थ यस प्रबिधिको प्रचार प्रसार गर्न किसानहरुलाई तालिम प्रदान गर्न ,भ्रमण तथा अवलोकन गराउने ,र बिभिन्न रेडियो र प्रचारको माध्यमबाट यसको बारेमा जानकारी गराउनु पर्दछ ।
लेखक पहाडीबाली अनुसन्धान कार्यक्रम बैतेश्वर–४ काब्रे, दोलखा, नेपाल कृषि अनुसन्धान परिषद मा कार्यरत हुनुहुन्छ


