पार्टीको वन्द सत्र सुरु नहुदा प्रधानमन्त्री साह सौराहा घुमघाममा

 

चितवन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी महाधिवेशनको वन्द सत्र सुरु नहुदा वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र साह पारिवारिक घुमघामा व्यवस्त रहनु भएको छ ।
महाधिवेशन अवधीभर शक्तिखोरको लटौली रिसोर्टमा वस्नु भएका साह वन्द सत्र अनिश्चित भएपछि सोमबार सौराहाका विभिन्न क्षेत्रमा घुमघाम गर्नु भयो । उहाँले सौराहाको खोरसोरमा रहेको सरकारी हात्ती प्रजनन् केन्द्रमा
अवलोकनका क्रममा उहाँले हात्ती संरक्षण, प्रजनन प्रक्रिया, व्यवस्थापन प्रणाली तथा पर्यापर्यटनसँग यसको सम्बन्धबारे विस्तृत जानकारी लिनुभएको थियो । प्रधानमन्त्री साहले सौराहाको प्राकृतिक सौन्दर्य, वन्यजन्तु तथा जैविक विविधताप्रति विशेष रुचि देखाउनु भएको थियो ।
उहाँले सौराहाको पर्यटकीय सम्भावना र संरक्षणसँग जोडिएको विकासबारे समेत चासो व्यक्त गर्नुभएको थियो । उहाँले सौराहाको वातावरण र वन्यजन्तु अवलोकन गर्दै यहाँको प्रकृति निकै सुन्दर र संरक्षण योग्य रहेछ” भन्दै अनुभूति व्यक्त गर्नुभएको थियो ।
विहान पर्यटकीय क्षेत्रको अवलोकनपछि दिउसो नेपाली सेना तथा प्रहरीसंग सुरक्षाको विषयमा छलफल गर्नु भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । समग्रा जिल्लाको सुरक्षा र अन्य सुरक्षा सम्वन्धी विषयमा जानकारी लिनु भएको उहाले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट