मौसम पूर्वानुमान : आजपनि देशका अधिकांश स्थानमा भारी वर्षा हुने

काठमाडौं, २९ असार ।
नेपालमा सक्रिय मनसुनी वर्षा अझै केहि दिन जारी रहने मौसमविदले बताएका छन् । आज (सोमबार) पनि देशका अधिकांश स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

महाशाखाले आज (सोमबार) देशभर बदली भई धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ । प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक–दुई ठाउँमा भारी (ठूलो) वर्षाको समेत सम्भावना छ ।

यस्तै राति पनि धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा जारी रहने सम्भावना छ । प्रदेश १ र २ का थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट